थकाली सेवा समिति जापानले आपनो वार्षिक कार्यक्रम अन्तर्गत बनभोज ( बार्बिकियु ) सम्पन्न ।

२०७६, ३१ असार मंगलवार १७:३२

टोकियो । जापानमा १९९१ मा स्थापना भएको थकाली सेवा जापानले सद्भाव र भाईचराको लागी आयोजना गर्दै आईरहेको बनभोज (बरबिक्यु) जुलाई महिनाको १४ तारिक आईतबारको दिन तामागावा नदिको किनरमा भव्य रुपमा सम्पन्न गरेको छ । 

मौषमले साथ नदिएपनि बारबिक्युमा सहभागिताको उपस्थिति बाक्लो रहेको थियो । जापानमा रहेको पुरानो संस्था मध्येको एक थकाली सेवा समिति जापानले आपनो वार्षिक कार्यक्रम अन्तर्गत बारबिक्यु आयोजना गरेको हो । 

थकालि सेवा समाजका अध्यक्ष बुद्धी गौचनले दिनुभएको जानकारी अनुसार जापानिज तथा नेपाली सहभागि गरी बारबिक्युमा २ सय ५० भन्दा बढीले सहभागिता जनाएकोमा उहाले सबै सहभागि तथा सहयोगिहरुलाई धन्यबाद ज्ञापन गर्नु भयो । 

थकाली सेवा समाजको बारबिक्यु जापानमा आयोजना हुने बारबिक्यु मध्ये सबै भन्दा ब्यबस्थित रुपमा आयोजना हुने गर्दछ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु