बाढि पहिरो अपडेट : मुत्यु हुनेको संख्या ६० पुग्यो, २६ बेपत्ता, ३८ जना घाईते

२०७६, २९ असार आईतवार १८:५६

काठमाडौं, असार २९ । अविरल वर्षाको कारण शुक्रबारदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुवानबाट हालसम्म ६० जनाको मुत्यु भएको छ ।

प्रहरी प्रधान कार्यालयले पछिल्लो समय दिएको जानकारी अनुसार अविरल वर्षा र सो का कारण सिर्जित बाढि पहिरोमा परी आइतबार साँझसम्म ६० जनाको मृत्यु (महिला २४, पुरुष ३६) भएको छ भने ३८ जना घाईते (महिला १७, पुरुष २१) भएका छन् ।

बेपत्ता २६ जना (महिला १२, पुरुष १४) ब्यापक खोजीकार्य भईरहेको छ भने बाढी पहिरोमा परेका १,४४४ जनाको सकुशल उद्दार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।

साथै बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम समेत विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा प्रहरीले गरिरहेको बताएको छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु