NRNA जापानको नागोयामा चुनाबी चहल पहल , संयोजकमा अर्जुन केसीको उमेद्वारी

२०७६, २७ असार शुक्रबार १७:५७

पछिल्लो चरणमा एनआरएनएको अधिबेशनको लहर चलेको छ । क्षेत्र देखि एनसीसी हुदै अन्तराष्ट्रिय कमिटी सम्मको अधिबेशन क्रमिक रुपमा घोषणा हुदै छन । यसै संघारमा एनआरएनए जापानको क्षेत्रीय अधिबेशनको मिती घोषणा संगै बिभिन्न पदमा उमेद्वारि घोषणा गर्ने क्रम जारी छ । 

यसै बिच एनआरएनए जापान नागोया क्षेत्रको संयोजक को लागी लामो समय देखि नागोयामा ब्यबसाय गर्दै आएका अर्लांकोट समाज जापानका अध्यक्ष समेत भैककेका समाजसेवी ब्यक्ती अर्जुन केसीले उमेद्वारी घोषणा गरेका छन । आफ्नो उमेद्वारी घोषणा संगै उनले बिगतमा लामो समय यो सस्थामा काम गरेको उपाध्यक्ष समेत भैसकेको र सामाजिक रुपमा निरन्तर लाग्ने अभिप्रायले अब संयोजकमा उठ्ने तयारीका साथ आफ्नो उमेद्वारी घोषणा गरेको बताएका छन । 

उनी भन्छन सदस्य हुदै उपाध्यक्ष सम्म भए सहमतीको लागी गत कार्यकाल छोडे अब मेरो जाने स्थान संयोजक भन्दा देखिन र सोहि स्थानमा उमेद्वारी दिएको हु । एक बिज्ञप्ती निकाल्दै उनले भनेका छन ( बिगतमा सामाजिक कार्यमा नागोया बासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुले देखाउनु भएको माया, दिनु भएको सल्लाह र सुझाबको आधारमा म यो सस्थामा निरन्तरता दिनु पर्छ भन्ने मानसिकता आएको केसीले बताए । 

नागोयाबासी नेपालीलाइ सबैको साथ सहयोग र सल्लाह सुझाबले आफु सहमतीमै यो जिम्मेवारी पाउने बाताबरण  बन्नेमा आफु विश्वस्त रहेको उनले बताएका छन । भने सबैलाइ समेटेर सक्रिय सस्थाको रुपमा स्थापीत गर्ने र बिगतका राम्रा कामको निरन्तरता दिने समेत उनले बताएका छन।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु