अमेरिकामा दुई दशक यताकै शक्तिशाली भूकम्प

२०७६, २० असार शुक्रबार १८:१९

काठमाडौं । अमेरिकामा स्वतन्त्रता दिवसकै दिन क्यालिफोर्नियामा शक्तिशाली भूकम्प गएको छ । क्यालिफोर्निया राज्यको लस एन्जलसबाट उत्तरपूर्वमा रहेको रिजक्रेस्ट नगर केन्द्रविन्दु भएर गएको भूकम्प ६.४ रेक्टर स्केल मापन गरिएको छ ।

आजको भूकम्पलाई दक्षिण क्यालिफोर्नियाको २ दशकयताकै शक्तिशाली मानिएको छ । अहिले पनि परकम्प गइरहेको छ भने कुनै परकम्प शक्तिशाली हुने भन्दै सचेत रहन भनिएको छ ।

भूकम्पबाट भौतिक क्षति पुगेको विवरण प्राप्त भएको छ । तर मानवीय क्षतिबारे जानकारी प्राप्त नभएको सञ्चार माध्यमले उल्लेख गरेका छन् ।
भूकम्पले दक्षिण क्यालिफोर्नियामा सबैभन्दा बढी क्षति पुगेको छ । भूकम्पपछि करिब २ दर्जन स्थानमा आगलागी भएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि भूकम्पलगत्तै ट्वीट गरेर स्थिति नियन्त्रणमा रहेको बताएका छन् ।

Comments

ताजा खबर