स्याङ्ग्जा समाज जापानले तीज धमाका २०१९ गर्ने भएकोछ ।

२०७६, २१ श्रावण मंगलवार ०९:१६

नेपाली नारीहरुको महान पर्ब हरितालिका तिजको अवसरमा स्याङ्ग्जा समाज जापानले जापानका दुई ठुला शहर नागोया र तोकियोमा “तीज धमाका २०१९ तीज कार्यक्रम गर्ने भएको छ । 

कार्यक्रम नागोयामा नागोया स्थित नागोया  कोकुसाइ सेन्टेरमा आगामी अगस्ट ३१ तारिक शनिबार दिउसो २:३० देखी २०:३० बजे हुने छ भने टोकियोमा सेक्टेम्बर १ मा टोकियो  स्थित  होकुतोपिया चुचुजी हलमा साँझ ६ :००  देखी २२:०० बजे सम्म हुने भएको छ ।  

बिगत केही बर्ष यता जापानको बिभिन्न  शहरमा नेपालका ख्याती प्राप्त कलाकारहरुलाई आमन्त्रित गरी जापानमा रहेका नेपालीहरुलाई तीजको मनोरन्जन  प्रदान गर्दै अाईरहेका यस समाजले यस बर्ष पनि  जापानबासी नेपाली समुदायहरुको तीजको  प्यास मेटाउनको लागि  नेपाली लोकदोहोरी क्षेत्रका  बरिष्ठ सर्जक तथा लोक दोहोरी गायक शिव हमाल र चर्चित लोक दोहोरी गयिका शान्ता परियार जापान आउने भएको छ । साथै नागोयाको लागि भने जापान मै कर्म थलो बनाएका मिठो स्वको धनी  चर्चित लोक दोहोरी गायक  सुर्य खड्काको पनि थप प्रस्तुती  रहने छ ।  

समाजले  यस कार्यक्रम मनोरन्जनका लागि मात्र नभई अाकस्मित रुपमा भैइपरी आउने दैबिक प्रकोप लगायत बिबिध  आपत बिपतमा  परेकाहरुको उद्दारको  लागि  “आपतकालीन राहत कोष  स्वरुप “ गर्न लागिएको कार्यक्रम भएकोले पनि सम्पूर्ण जापानबासी  नेपालीहरुलाई  आफुलाई पाहेक पर्ने ठाउँ गई मनोरन्जन लिनु हुनको  लागि आयोजकले हार्दिक अनुरोध गरेको छ ।

स्याङ्ग्जा समाज जापानले तीज धमाका २०१९ गर्ने भएकोछ ।  


ताजा खबर

    सम्बन्धित शीर्षकहरु