थकाली सेवा समिति जापानको जुलाई बार्बिकियु हुने , सहभागि हुन जापानवासी नेपालीहरुमा अनुरोध

२०७६, ११ असार बुधबार १९:४४

टोकियो । थकाली सेवा समिति जापानले सद्भाव र भाईचाराको लागि आयोजना गर्दै आईरहेको बार्बेक्यु जुलाई १४ तारिख आईतबारको दिन आयोजना गर्ने भएको छ ।

जापानमा रहेको पुरानो संस्था मध्येको एक थकाली सेवा समिति जापानले आफ्नो वार्षिक कार्यक्रम अन्तर्गत बार्बेक्यु आयोजना गरेको समाजका अध्यक्ष बुद्धी गौचनले जानकारी दिनुभयो । जापानमा आयोजना हुने बार्बेक्यु मध्ये सबैभन्दा ब्यबस्थित रुपमा आयोजना हुने र समाजको वार्षिक कार्यक्रम अन्तर्गत रहेको बार्बेक्यु सहभागि हुन आयोजक थकाली सेवा समिति जापानका अध्यक्ष गौचनले सबै जापानवासी नेपालीहरुमा अनुरोध गर्नुभएको छ ।

विहान १० बजेदेखि ४ बजेसम्म खानागावा केन कावासाकीमा रहेको सिनमारुको स्टेशन नजिक बार्बेक्यु स्थलमा कार्यक्रम हुने जनाएको छ ।

Comments

ताजा खबर