नवलपुर समाज जापानले पठाएको सहयोग रकम सञ्चारकर्मी बाट हस्तान्तरण ।

२०७६, १ असार आईतवार ०६:४०

तोकियो ।  नवलपुर समाज जापानले दुई जाना मृगौला पीडित नवलपरासी गैंडाकोट नगरटाडीमा मोहन बि.क साथै कावासोतिका ८ गोमा पाण्डे लाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ।

बि.क लाई नवलपुर समाज जापानका सस्थापक अध्यक्ष केशव पौडेलका पिता श्री भवानीप्रसाद पौडेलको हातबाट सहयोग रकम हस्तान्तरण गरिएको थियो भने गोमा पाण्डेको गोमाका श्रीमान गडेश पाण्डेलाई सञ्चारकर्मी राशी रिजाल बाट ४० हजार रुपैयाँ एक कार्यक्रम गरी हस्तान्तरण गरेकोछ ।  

नवलपुर समाज जापानले सामाजिक कार्यमा सकृय हुँदै जापान लागयत नेपालमा विभिन्न क्षेत्रमा सेवा मुलक काम लगायत विभिन्न खालका विरामी जो आर्थिक अभावमा उपचार गर्न नसक्दा छटपटाइ रहेका छन , त्यस्ता क्षेत्रमा समाजले सहयोग गर्दै आइरहेको समाजका सस्थापक अध्यक्ष केशव पौडेल जानकारी गराउनुभयो।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु