गर्मीका कारण बाराका सम्पूर्ण विद्यालयहरु ६ दिन बन्द गरिने

२०७६, ३२ जेष्ठ शनिबार २०:४१

बारा – गर्मी अत्यधिक बढेपछि बाराका सम्पूर्ण विद्यालयहरु असार १ गते देखि ६ दिनका लागि बन्द गर्ने निर्णय भएको छ ।

जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ कार्यालय बाराको शनिबार सम्पन्न बैठकले असार १ गते देखि ६ गतेसम्मका लागि जिल्लाका सम्पूर्ण सामुदायिक तथा निजी विद्यालयहरु बन्द गर्ने निर्णय गरेको इकाइ प्रमुख अशोक रौनियारले जानकारी दिनुभयो ।

विद्यार्थीहरु गर्मीको प्रत्यक्ष मारमा पर्न थालेपछि गर्मी बिदाबाट कट्टा हुने गरी विद्यालयहरु ६ दिनका लागि बन्द गर्ने निर्णय गरिएको रौनियारले बताउनुभयाे। 

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु