कुबेतमा लिभिङ टुगेदरमा बसेकी प्रेमिकाले प्रेमी को हत्या

२०७६, १९ बैशाख बिहीबार १८:४६

कुबेत । कुवेतमा चार वर्षदेखि अवैध रुपमा सँगै बस्दै आएकी एक नेपाली युवतीले युवकको हत्या गरेकी छिन् । नेपाली युवती माया गुरुङले एउटै कोठामा ‘लिभिङ टुगेदार’को रुपमा वस्दै आएका तनहुँका खेम विकलाई छुरी प्रहार गरी बुधबार हत्या गरेकी हुन् ।

कुवेतस्थित नेपाली दूतावासका अनुसार प्रहरीले अनुसन्धानका लागि माया गुरुङलाई पक्राउ गरेको छ। विकको शवलाई पोसमार्टमका लागि फरेन्सिक विभागमा लगिएको छ।

‘घटनाको विस्तत विवरण आइसकेको छैन। प्रहरीसँग थप विवरण लिने काम भइरहेको छ,’ दूतावासका एक अधिकारीले जानकारी गराए । उनीहरु कुवेतको मंगाफस्थित ब्लक-४ मा बस्दै आएका थिए। माया घरेलु कामदारको रुपमा कुवेतमा काम गर्दै आएकी हुन्। उनी आफ्नो मालिक छोडेर पछिल्लो समय खेमसँग वस्दै आएको हो।

उनीहरुबीच लामो समयदेखि आपसी विवाद भइरहेको नवराज पराजुलीले वताए। ‘खेम विकलाई छाती र पछाडि छुरा प्रहार भएको देखिन्छ। उनलाई सेतो कपडाले बेरेको अवस्थामा त्यही घरमा बस्दै आएका नेपालीहरुले देखेको हो,’ मंगाफमा बस्दै आएका पराजुलीले भने, ‘प्रहरीले थप अनुसन्धानका लागि उक्त घरमा बस्दै आएका २० जनालाई पक्राउ गरी लगेको छ। अधिकांश अवैध रुपमा वस्दै आएका थिए।’

Comments

ताजा खबर