असफलतानै सफलताको बाटो देखाउदै मिलन चित्रकलामा नयाँ बाटो कोर्दै ।

२०७६, १५ बैशाख आईतवार ०८:५४

टोक्यो । नेपाली चित्रकलामा आफ्नो भविष्य खोज्दै आएका मिलन सापकोटा यति वेला चित्रकला थालेको २ वर्ष मात्र पुगे संगै  चित्रकलामा नयाँ बाटो कोर्दैछन ।  

सानो उमेरदेखि चित्रकलामा रुची भएपनि उनको चित्रकलाको यात्रा अलिक भिन्न छ । चित्रकला पेशा अंगाल्नु अघि उनले धेरै व्यवसायमा हात हालेको बताए । उनले चित्रकलाको सुरुवात गर्नु अघि विभिन्न व्यवसायमा हात हाले तर हरेक व्यवसायमा उनी असफल रहे । असफलतानै सफलताको संकेत हो भन्ने कुरा बुझेर बच्चामा आफूँले बनाएको तस्बिरले विद्यालयमा शिक्षकहरु बाट पाएको स्याबासी  कुरा संझेर उनले चित्रकलालाई निरन्तरता दिए ।

उनले युटुब तथा सामाजिक संजालबाटनै सिकेर यतिबेला उत्कृष्ट चित्रकारहरुको सुचीमा नाम सुरक्षित गराइसकेका छन् । उत्कृष्ट चित्रकारहरुको सुचीमा छुट्टै नाम दर्ता गराउनु उनका लागि चानचुने कुरा थिएन । उनले सुरु सुरुमा बनाएको केही तस्बिरहरु सामान्य मात्र थिए ।

एउटा सामान्य तस्विर बनाउन ८ देखि १२ घन्टा सम्म लाग्ने बताएका उनले स्केच अनुसारको राम्रै पारिश्रमिक पनि पाइरहेका छन् । एउटा मात्र अनुहार भएको स्केच बनाउँदा एक हजार देखि एक हजार पाँच सय सम्म लिने र दुई/ तीन जनाको  अनुहार भएको स्केच बनाउँदा तीन हजार देखि पाँच हजार सम्म लिने गरेको उनले बताए । सापकोटाले स्नातक तह उत्तीर्ण गरिसकेका छन् भने आगामी दिनमा पढाई र स्केच दुवैलाई निरन्तरता दिने सोचमा छन् ।

Comments

ताजा खबर