सामसुङको ग्यालेक्सी एस टेन स्मार्टफोनको फाइभ जी संस्करण अप्रिल ५ देखि दक्षिण कोरियाली बजारमा

२०७५, २१ चैत्र बिहीबार ०८:१५

सामसुङका अनुसार ग्यालेक्सी एस टेन ,मेजेस्टिक ब्लाक, रोयल गोल्ड र क्राउन सिल्भर गरी ३ वटा रङमा यो फोन उपलब्ध हुनेछ ।

सामसुङको ग्यालेक्सी एस टेन स्मार्टफोनको फाइभ जी संस्करण भोली अप्रिल ५ देखि दक्षिण कोरियाली बजारमा उपलब्ध हुने भएको छ।

दक्षिण कोरिया भने  व्यवसायिक मोबाइल नेटवर्कमा सन् २०१८ को डिसेम्बर १ देखि नै फाइभ जी नेटवर्क उपलब्ध छ । साथै पहिलो चरणमा घरेलु बजारमा पठाएसँगै सामसुङले यो वर्षभरमा विश्वभर नै फाइभ जी नेटवर्कयुक्त ग्यालेक्सी एस १० उपलब्ध गराउने बताएको छ ।

Samsung s10

ग्यालेक्सी एस १० को फाइभ जी भर्सनका विशेषता यस प्रकारका छन 

यो स्मार्टफोनमा ६.७ इन्चको क्वाड एचडी प्लस कब्र्ड डाइनामिक एमोलेड स्क्रिन रहेको छ ।ग्यालेक्सी टेन फाइभ जीमा ८ जिबी र्‍याम छ भने २५६ जिबी र ५१२ जिबी गरी दुईवटा स्टोरेज अप्सनमा उपलब्ध छ ।यो स्मार्टफोनमा रियर क्यामरामा एउटा १२ मेगापिक्सेलको टेलिफोटो लेन्सयुक्त क्यामरा रहेको छ ।त्यस्तै १२ मेगापिक्सेलको सुपर स्पीड डुअल पिक्सेल वाइड एंगल लेन्स र अर्को १६ मेगापिक्सेल अल्ट्रा वाइड लेन्सयुक्त क्यामरा रहेको छ । यसमा एन्ड्रोइड नाइन पाइ अपरेटिंग सिस्टम रहेको छ ।त्यस्तै १० मेगापिक्सेलको डुअल पिक्सेल सेल्फी क्यामरा रहेको छ ।

यो स्मार्टफोनले एनएफसी पेमेन्ट सपोर्ट गर्नुका साथै सेक्योरिटीका रुपमा फेस र फिंगरप्रिन्ट सेन्सर दुबै बायोमेट्रिक सेन्सर रहेको छ ।

यो फोनमा ४५०० मिलि एम्पियर आवर क्षमताको ब्याट्री रहेको छ । यसमा फास्ट वायरलेस चार्जिंग टू प्रविधि रहेको छ ।

एजेन्सी
Comments

ताजा खबर