साइरन बजाउदै आगो निभाउन पुगेको दमकलमा पानि नै छैन

२०७५, २० चैत्र बुधबार १२:२३

भविन्द्र गौतम १९ चैत्र, पाल्पा , बिजुली सर्ट भइ कपास उद्योगमा आगलागी हुँदा १६ लाख बराबरको क्षति भएको  छ । पाल्पाको तानसेन ७ काजिपौवा रहेको भगवती कपास उध्योगमा बिजुली सर्ट भइ आगलागी भएको हो । जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाए अनुसार ३ जना कामदार काम गरिरहेको अवस्थामा उक्त घटना घटेको भएता पनि कुनै मानवीय क्षति भएको छैन । आगलागीका कारण करिब १६ लाख बराबरको मेसिन औजार, माल सामान जलेर पूर्णरुपमा नष्ट भएको सञ्चालक अजयप्रसाद चौधरीले जानकारी दिए । 

आगलागी हुनासाथ स्थानीयवासी, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।पानी नभएको दमकल : तानसेन नगरपालिकाको मातहतमा रहेको अत्यावस्यक सुरक्षा साधन साइरन बजाउदै आगो लागेको ठाउमा पुगेको दमकलमा पानी नै थिएन । आगो लाग्नासाथ खबर गर्दा पनि नगरपालिका कार्यालय बाट ४ किलोमीटर टाढा रहेको ठाउँमा पुग्न झन्दै एक घन्टा लागेको थियो । ५५ सय लिटर क्षेमताको दमकलमा करिब दुइसय लिटर पानी पनि नलिइ पुग्दा स्थानीयको अगाडि रमिते बन्यो । आगो निभाउन पुगेका हरि थापा भन्छन “नजिकै भएर पनि धेरै ढिला आउनु र दमकलमा पानी नै नहुदा धेरै क्षेती भयो समयमै पानी लिएर आएको भए धेरै क्षेती हुनबाट जोगिने थियो”   

आगोलागी जुन्सुकै बेला पनि हुन सक्छ अत्यावश्यक सुरक्षा साधन लाई दक्ष प्राबिधिक सहित चुस्त अवस्थामा राख्न आवस्यक छ ।

Comments

ताजा खबर