मिडिया म्यूजिकल मेला साथै साँस्कृतिक कार्यक्रमको तयारी अन्तिम चरणमा ।

२०७५, १५ चैत्र शुक्रबार २०:३३

टोक्यो । मातृ सन्देश डट कमको तेस्रो वार्षिकोत्सव अबसरमा यहि मार्च ३१ तारीख आईतवार पहिलो पटक जापानमा मिडिया म्यूजिकल मेला २०१९ हुने भएको हो ।

सो साँस्कृतिक मेलामा नेपालवाट चर्चित गायिका तथा मोड्ल रितु थापा मगर शनिवार टाृकियो आईपुग्ने भएकी छिन । साथै जापानमा रहनु भएका गायक तथा संगीतकार रामकृष्ण बम मल्ल,लोक गायक युवराज आचार्य,परदेशी गायक सूर्य खड्का,मोडल तथा गायिका सोना केसी ,गायक चेतन घर्ती मगर लगाएतको विशेष प्रस्तुति रहने जनाएको छ । गायक अमृत खाती,गायिका स्मृति गौतम भने प्राविधिक कारणले आउन नपाउने भएका छन् । मिडिया पहिचान प्रालिले संचालन गर्दै आएको मातृ सन्देश डट कम अनलाईन पत्रिकाको उक्त मीडिया ग्रूपले टोकियोमा कालिका इन्टरनेशनल कम्पनी जापानको व्यवस्थापनमा मिडिया र संगीत क्षेत्रलाई आम दर्शकहरुमाझ अझ नजिक बनाउन सो मेला गर्न गईरहेको प्रवन्ध निर्देशक तथा कार्यक्रम संयोजक विजय थकालीले जानकारी दिनुभयो ।

media musical

 

नेपाली कला संस्कृतिलाई संरक्षण गर्दै उक्त कार्यक्रमको आम्दानीले नेपालको टुहुरा तथा असाय बालवालिकालाई शैक्षिक सामाग्री सहयोग गर्ने मातृ सन्देश डट कमका प्रधान सम्पादक शान्त पहरीले बताउनु भयो । राष्ट्रीय युवा परिषद्,नेपाल पत्रकार महासंघ जापान र माया रेष्टुरेण्ट जापानको विशेष सहकार्यमा हुन लागेको उक्त साँस्कृतिक कार्यक्रममा उपस्थितिको लागि जापानवासी नेपालीहरुमा हार्दिक अनुरोध गरेको छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु