तोचोगी अग्नि पिडितलाई तमुधीं जापानद्दारा आर्थिक सहयोग हस्तान्तरण ।

२०७५, ११ चैत्र सोमबार ०८:५७

टोकियो ।  केहि महिना अगाडी तोचिगि केन स्थित तोचिगीको “हाम्रो रेष्टुरेन्टमा” भएको आगोलागिमा परी घाईते भएका ( ओम  गुरुङ, धिरेन गुरुङ, शान्त बहादुर गुरुङ र शान्ति गुरुङ) लाई तमु धीं जापानले आर्थिक सहयोगका हस्तान्तरण गरेको छ ।

जापानको तोचिगि केनमा रेष्टुरेन्ट ब्यबसाय गरेका गुरुङ परिवारमा परेको विपत्तीलाई तमुधि जापानले आर्थिक सहयोग गरेको तमुधी जापानका अध्यक्ष अनिता गुरुङले जानकारी दिनुभयो । अध्यक्ष गुरुङले आपनो परिवारलाई विपत्तीमा पर्दा  तमु धीं जापानको पहलमा घान्द्रुक समाज जापान, पन्चासे समाज जापानको विशेष सहयोगमा १ लाख ६८ हजार १०० येन हस्तान्तरण गरेको बताउनुभयो । 

मार्च २४ तारिख आईतवार संस्थाका अध्यक्ष अनिता गुरुङ नेतृत्वमा उपाध्यक्ष अमर गुरुङ, महासचिव चित्र गुरुङ, संरक्षक याम गुरुङ, सदस्य मिलन गुरुङ र तोचिगी क्षेत्रको धीका अध्यक्ष लाल प्रशाद गुरुङ पिडितको घरमै गएर गुरुङ परम्परा अनुसार स्याई-स्याई”पनि  गरेको तमुधी जापानका महासचिव चित्र गुरुङले बताउनुभयो। ।

तमुधी जापानले गुरुङ समुदाय सहित विभिन्न विपत्तिमा परेकाहरुलाई विगत २५ वर्ष देखि नै सहयोग गर्दै आईरहेको छ ।

Comments

ताजा खबर