प्रचण्ड भन्छन्न् विप्लपले मलाई मार्न टिम खटाएछन्, दया लागेर आयो ।

२०७५, ३० फाल्गुन बिहीबार १७:१०

काठमाण्डौँ, फागुन ३०। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले मलाई मार्न​ टिम परिचालन गरेछन् उनीहरुको गतिविधि देखेर आफूलाई दया लागेर आएको बताउनु भ​एको छ​।

बिहीबार शहीद तथा बेपत्ता योद्धाहरुको सम्मानमा काठमाण्डौमा आयोजित एक कार्यक्रममा बोल्दै प्रचण्डले चन्द नेतृत्वको नेकपालाई नयाँ बाटो खोजेर अघि बढनआग्रह गर्नु भएको छ​।

उहाँले चन्दलाई यो २०५२ साल नभई २०७५ साल भएकाले परिस्थितिलाई हेरेर अघि बढन गम्भीर हुन पनि सचेत गराउनुभयो । अध्यक्ष दाहालले सरकारले संविधान र कानुनअनुसार काम गर्ने उल्लेख गर्दै परिस्थितिको गम्भीर विश्लेषण गरेर अघि बढन पनि चन्द नेतृत्वको नेकपालाई आग्रह गर्नु भयो ।

उहाँले शहीद तथा बेपत्ता परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्ने विषयमा पनि पार्टी नेतृत्वबीच सहमति भएको दाबी गर्नुभयो ।

Comments

ताजा खबर