यस्ता छन् विशेषता सामसङ ग्यालेक्सी एस १० स्मार्टफोनको

२०७५, २४ फाल्गुन शुक्रबार १२:२२

काठमाडौं– सामसङ इलेक्ट्रोनिक्सले हालै ग्यालेक्सी एस १० स्मार्ट फोन बजारमा उपलब्ध गराएको छ ।

स्मार्टफोनको बजारमा सम्पूर्ण आवश्यकताहरुलाई सामसङ ग्यालेक्सी एस १० स्मार्टफोनले समेट्ने आशा गरिएको छ ।एस सेरिजअन्तर्गत विभिन्न चार प्रकारका फोनहरु बजारमा प्रस्तुत गरेको छ । सामसङले बजारमा आफ्नो बलियो छाप छोड्नलाई क्यामरा, डिस्प्ले तथा कर्याक्षमतासुधार गरी नयाँ अवधारणासहित सामसङ ग्यालेक्सी एस १० स्मार्टफोन बजारमा आएको छ । 

एक दशकभन्दा लामो अनुसन्धानबाट विकास भएको सामसङ ग्यालेक्सी एस १०स्मार्टफोन हरेक दृष्टिबाट उत्कृष्ट छ– यसको डिस्प्ले, क्यामरा, कार्यक्षमता– सबै उत्कृष्ट रहेको कम्पनीको भनाई छ ।

एएमओएलईडी डिस्प्ले एवं अल्ट्रासोनिक फिङ्गरप्रिन्ट स्क्यानरको साथ फुल स्क्रिनको जीवन्त अनुभव लिन सकिन्छ

स्मार्टफोनको नयाँ मापदण्डका रुपमा ग्यालेक्सी एस १० मा नयाँ डाइनामीक एएमओएलईडी डिस्प्ले, न्यू जेनेरेशन क्यामेरा चुस्त कार्यक्षमता आदिले ग्राहकहरुलाई वास्तवमै सन्तुष्ट पार्ने कम्पनीले विश्वास गरेको छ

विगत“१० वर्ष अघि बाट सामसङले जब ग्यालेक्सी एस सिरिज बजारमा प्रस्तुत गर्यो त्यस पछि एस सिरिज नविन आविष्कारका साथ ग्राहकहरुलाई अभूतपूर्व क्षमता प्रदान गरी पहिचान स्थापिन गर्न दिनहुँ दिन  सफल भइरहेको छ । ग्यालेक्सी एस १० का चार प्रकारमा मोडलहरुले खास खास विशेषता सहित ग्राहकवर्गलाई आफ्नो नवीन कार्यक्षमता प्रदर्शन गर्ने छन्”।

विश्वकै पहिलो एचडीआर १०ं प्रमाणित डाइनामिक एएमओएलईडी डिस्प्ले एवं अल्ट्रासोनिक फिङ्गरप्रिन्ट स्क्यानरको साथ फुल स्क्रिनको जीवन्त अनुभव लिन सकिन्छ । यस फोनमा हरेक डिजिटल विषयवस्तुहरु स्पष्टरुपमा देख्न सकिन्छ भने यसको वृहत् कलरहरुले तस्वीरलाई जीवन्त तुल्याउन मद्दत पुगेको छ ।

ग्यालेक्सी एस १० को डाइनामिक एएमओएलईडी डिस्प्ले भिडीई प्रमाणित भएको कम्पनीले बताएको छ । डिस्प्ले मेटद्वारा प्रमाणित भएको हुँदा यसले वास्तविक रंगदेखाउछ भने यसले नीलो रंगलाई घटाई आँखालाई हेर्न अझ धेरै सहजता प्रदान गर्दछ ।

ग्यालेक्सी एस१०ले नयाँ जमानाको वाईफाई६सँग आवद्ध गराउँदछ, भीडभाड हुने स्थानहरु जस्तै एयरपोर्ट आदिमा यो ४ गुणा छिटो हुन्छ । गेमको लागि एआईमा आधारित यो फोन गेमिङ्गको लागि विशेष छ ।
ग्यालेक्सी एस१० प्रिज्म ह्वाईट, प्रिज्म ब्ल्याक र प्रिज्म ब्ल्यू गरी ३ रंगमा उपलब्ध हुनेछ ।

यो फोन प्रिअडर गर्ने ग्राहकहरुले ग्यालेक्सी बड्स निःशुल्क रुपमा पाउनु सक्नेछन् । प्रि अडर यही मार्च १ देखि मार्च १४ तारिख सम्म गर्न सकिने छ । साथै अन्य सुविधा र बिभिन्न उपहारहरु पनि यसमा समावेश गरिएको छ। 

 

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु