टोकियोमा १४२औं लखन थापा मगरको स्मृति दिवस मनाउने

२०७५, २१ फाल्गुन मंगलवार ०४:५३

टोकियो । नेपालको आम आदिवासी जनजातिहरुको मौलिक पर्वहरूको शुभकामना आदानप्रदान तथा १४२औं प्रथम सहिद लखन थापा मगरको स्मृति दिवस मनाउन भएको छ ।

https://www.gorkhalivoice.com

नेपाल आदिवासी जनजाति महासंघ जापान शाखाको आयोजना र नेपाल मगर संघ जापानको  सह(आयोजकमा शुभकामना आदानप्रदान तथा १४२औं प्रथम सहिद लखन थापा मगरको स्मृति दिवस मनाउन लागेको हो ।

टोकियोको रोधी घरमा १० मार्च आइतवार दिउँसो १ बजेबाट कार्यक्रम हुने नेपाल आदिवासी जनजाति महासंघ जापान अध्यक्ष टेक बहादुर लिम्बू सुमनले जानकारी दिनु भयो ।

प्रथम शहिद लखन थापा मगरको १४२ औं स्मृति दिवस र नेपालका आदिवासि जनजातिहरुको मौलिक पर्वहरु उधौलि ( उभौलि ,तमु ल्होसार ,सोनाम लोच्छार ,ग्याल्पो लोसार ,माघि ,माघे सकराति ,तोरन्लाह आदि पर्वहरूको संयुक्त शुभकामना आदान प्रदान कार्यक्रम हुने कार्यक्रम संयोजक तथा नेपाल मगर संघ जापानका अध्यक्ष नविन थापा मगरले बताउनु भयो ।

उक्त कार्यक्रम खुल्ला हुने भएकोले  गौरवपूर्ण उपस्थितिको लागि जापानवासी सबै नेपालीलाई हार्दिक निमन्त्रणा गरेको जनजाति महासंघ जापानका महासचिब शान्त पहरीले जानकारी दिनु भयो ।

Comments

ताजा खबर