लुटेर खा भाइ लुटेर खा गीतले भने जस्तै आफुहरु को पेसा तेही भन्दै कांग्रेस सांसदले गीत प्रोत्साहन : प्रधानमन्त्री ओली

२०७५, ९ फाल्गुन बिहीबार ०६:३९

काठमाण्डौँ, फागुन ९ । प्रधानमन्त्री केपी शर्मा ओलीले एउटाले भुलचुकमा लुटेर खा भाइ लुटेर खा भन्ने गीत बनाएछन्, तर​ जनताले मन नपराएको बताएका छन्।

बुधबार सुदूरपश्चिम प्रदेश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनताले नरूचाएपछि गायक पशुपति शर्माकोले नै त्यो गीत युट्युबाट हटाएको दाबी गरे।

ओलीले भने,‘हामी नचाहिने कुरामा रमाउँछौ। नचाहिने कुरामा प्रोत्साहित गर्छौ। एउटाले भुलचुकमा गीत बनायो रे। लुटेर खा भाइ लुटेर खा भनेर गीत बनाएछन्, जनताले तिम्रो गीत मन पराएनौं भनेपछि उनले युट्युबबाट हटाएछन्।’

ओलीले गायक पशुपति शर्माको गीत लुट्न सके लुट् युटुबबाट हटाउँदा कांग्रेस सांसदले प्रोत्साहन गरेको देखेर आफूलाई अचम्म लागेको बताएका छन्।

ओलीले कांग्रेस सांसदले पुरस्कार दिएर त्यस्तो गीत प्रोत्साहन गर्न खोजेकोमा आपत्ति समेत जनाए। उनले सरकारले यो गीत युट्युबबाट हटाउनेबारे केही नभनेको बताए।

Comments

ताजा खबर