फाउण्डेशनमा ठूलो संख्यामा कर्मचारीको माग

२०७५, ९ फाल्गुन बिहीबार ०६:२२

काठमाण्डौँ, फागुन ९ । धुर्मुस सुन्तली फाउण्डेशनले आफ्नो फाउण्डेशनको लागि ठूलो मात्रामा कर्मचारीको माग गरेको छ।

‘हामी सबैको सिप र दक्षता रङ्गशाला निर्माणमा ऐक्यबद्धता’ नारासहित फाउण्डेशनले बिज्ञको बिज्ञता, सिप र दक्षतासंग जोडिन चाहेको बताएको छ ।२०७२ सालको भुकम्पपछि स्थापना भएको फाउण्डेशनले प्रोजेक्ट म्यानेजरदेखी असिसटेन्टसम्मको पदको लागी दरखास्त आहवान गरेको हो ।।

फाउण्डेशनले भनेको छ “स्वदेश तथा बिदेशमा रहनुहुने राष्ट्र प्रेमी तपाई महानुभावहरुले जसरी निरन्तर हामीलाई विश्वास गरेर हरेक परियोजनाहरुमा साथ र सहयोग प्रदान गर्नुभयो त्यसबाट हामीले अझ बढी दायित्व र जिम्मेवारी महसुस गरेर राष्ट्रिय गौरव, पहिचान र खेलक्षेत्रको विकास संग जोडिएको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माण अभियानमा फेरी एकपटक यहाँहरु संग जोडिएका छौं ।”

“आउनुहोस, आफ्नो सिप र दक्षता मार्फत तपाईको आफ्नो क्षमता प्रदर्शन र राष्ट्र विकासमा अतुलनिय योगदान पुर्याउने महान अभियानमा सहभागी बनौं” धुर्मुस सुन्तली फाउण्डेशनले भनेको छ ।

धुर्मुस–सुन्तली फाउण्डेशनले झन्डै तीन अर्बको अनुमानित लागतमा भरतपुरमा गौतब बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्न लागीरहेका छन्

आवदेन दिन तलको लिङकमा गएर आवश्यक विवरण भर्नुपर्नेहुन्छ ।

For apply :- https://merojob.com/employer/dhurmus-suntali-foundation/

Comments

ताजा खबर