बाल गजल संग्रह ‘अनुरोध’ को विमोचन

२०७५, ९ फाल्गुन बिहीबार ०५:३४

सनराइजजेएन पाल्पा, ८ फागुन,  

“नखेल्नु धेरै गुच्चा

भइन्छ हारी पुच्चा ….

…..भएर ज्ञानि मान्छे 

सदैब बन्नु उच्चा ।।

 यो पंक्ति साहित्यकार पुष्कर अथक रेग्मीको दशोैं कृत्रि बाल गजल संग्रह अनुरोध बाट लिइएको हो । अनुरोध शैलिमा बालबालिकाको मनोभावना बुझी सचित्र बहरबद्ध, बाल साहित्यमा नविनतम पद्धतिको प्रयोग गर्दै साहित्यकार रेग्मिको `अनुरोध´ एक कार्यक्रमका बिच काठमाडौंमा विमोचन भएको छ । 

 साहित्य तथा स्वास्थ्य प्रतिष्ठान पाल्पा द्वारा प्रकाशनमा बजारमा आएको कृती गोंगबु साहित्य समाज काठमाडौंको अयोजनामा बाल साहित्य समाज नेपालका अध्यक्ष डा. शैलेन्द्र प्रकाश नेपालले विमोचन गरेका हुन् । विमोचन कार्यक्रमका प्रमुख अतिथि समेत रहेका अध्यक्ष डा. नेपालले अनुरोध शिर्षकको सचित्र बाल गजल संग्रहले बालबालिका लाई सन्देश मुलक आग्रह गरेको बताए । नेपाली साहित्यमा थुप्रै गजल सङ्ग्रह प्रकाशित भए पनि बालबालिका केन्द्रीत गजलहरु कमै मात्रामा प्रकाशित भएका छन । यो कृतिमा संविधानले दिएको  बाल अधिकार पनि हराइसकेको  कुरा साहित्य मार्फत बालबालिका लाइ सुझाएका छन भने अधिकारकर्मी लाई झस्काएका छन । बालबालिका लाई जिवनोपयोगी रुपमा सबै कुरा समोटिएकोले बाल साहित्यमा  `अनुरोध´ प्रभाबकारी बन्ने ठानिएको छ ।  कार्यक्रममा गाेङ्गबु साहित्य समाजकाे ३६  अाैं काव्य `श्रिङ्खला´ पनि विमोचन भएको छ ।

Comments

ताजा खबर