परिवार नियोजन पाल्पाको ग्रामिण क्षेत्र लक्षित सेवा

२०७५, ८ फाल्गुन बुधबार १६:४१

सनराइजजेएन, पाल्पा ८, फागुन । नेपाल परिवार नियोजन सघ पाल्पा शाखाले ग्रामिण क्षेत्र लक्षित स्वास्थ सिविर सन्चालन गरेको छ । रामपुर नगरपालिकाका १० वटै वडाका स्थानीय लाई लक्षित गरि परिवार नियोजन सम्बन्धि सिविर सन्चालन भएको हो । 

फागुन ६ र ७ गते रामपुर अस्पतालमा संचालित शिविरमा महिला तथा पुरुष स्थायी बन्धाकरण एवम् लामो अबधीको परिवार नियोजन साधन सेवा लगायत पाठेघरको मुखको क्यान्सर परिक्षण, आङ खस्ने समस्या, यौन रोग परिक्षण र स्वास्थ उपचार सेवा लिएका थिय । जसमध्ये १९२ जनाले पाठेघर को मुखको क्यान्सर परिक्षण, २५ जनाले अस्थायी साधन आयु सिडी र इम्प्लान्ट, ४० जनाले यौन रोग उपचार र २४ जनाले स्थायी बन्ध्याकरण को सेवा लिएको परिवार नियोजन पाल्पा शाखाका प्रमुख शोभाकान्त न्यौपानेले जानकारी दिनुभयो । 

ग्रामिण सेवा लक्षित कार्यक्रमबाट स्वास्थ सेवाको पहुचमा नपुगेका र पुग्न नसक्ने सेवाग्राहीले लाभ लिने सक्ने हुँदा यस्ता कार्यक्रम को निरन्तरता दिनुपर्ने रामपुर नगरपालिकाका नगर प्रमुख रमण थापाले जनाउदै उपस्थित सेवाग्राहीको स्वास्थलाभको कामना समेत गर्नुभयो । रामपुर नगरपालिकाका र परिवार नियोजन पाल्पा शाखाको आयोजना तथा जिल्ला स्वास्थ्य कार्यालय पाल्पाको समन्वयमा शिविर सन्चालन भएको थियो ।

Comments

ताजा खबर