आइसीसी महिला क्रिकेट विश्वकप छनोटः मलेसियाविरुद्ध नेपालको सानदार जित

२०७५, ७ फाल्गुन मंगलवार १६:५७

काठमाडौं, फागुन ७। आईसीसी महिला विश्वकप क्रिकेटको एसिया छनोटमा नेपालले शानदार सुरुवात गरेको छ । थाइल्याण्डको ट्रेडथाई क्रिकेट मैदानमा आज भएको आफ्नो पहिलो खेलमा नेपालले मलेसियालाई ३४ रनले पराजित गरेको हो । १२७ रनको लक्ष्य पछ्याएको मलेसिया ७ विकेटको क्षतिमा ९२ रनमा समेटियो ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले पुरै २० ओभर खेल्दै ५ विकेट गुमाएर १२६ रन बनायो । नेपालको लागि ओपनर सिता राना मगरले ४२ रन जोडिन् भने कप्तान रुबिना क्षेत्रीले अविजित ३३ रन बनाइन् । यस्तै काजोल श्रेष्ठले १६, इन्दु बर्माले १३ र नेरी थापाले ६ रन जोडिन् ।

नेपालले अब दोस्रो खेल आयोजक थाईल्याण्डसँग फेब्रुअरी २१ मा खेल्नेछ । एसिया छनोटमा नेपालसहित ७ राष्ट्रले प्रतिस्पर्धा गर्ने छन् । छनोटमा नेपाल, थाइल्याण्ड, युएई, मलेसिया, कुवेत, चीन र हङकङ रहेका छन् । राउण्ड रोबिन लिगको आधारमा हुने छनोटको बिजेताले आईसीसी महिला टी–ट्वेन्टी विश्वकपको ग्लोबल छनोटमा सहभागिता जनाउन पाउनेछ । नेपालले आफ्नो दोस्रो खेलमा यही फागुन १० गते युएईसँग खेल्नेछ ।

Comments

ताजा खबर