अन्तराष्ट्रिय सौदर्य प्रतियोगितामा नेपाललाई ठुलो सफलता, दुई वटा सौदर्य उपाधि

२०७५, ६ फाल्गुन सोमबार १९:५१

काठमाडौं, फागुन ५ । भारतमा आयोजित अन्तराष्ट्रिय सौदर्य प्रतियोगिता ‘मिस सुपर मोडल ग्लोव २०१९’मा नेपालले ठुलो सफलता हात पारेको छ ।

https://www.gorkhalivoice.com
‘मिस सुपर मोडल ग्लोव २०१९’मा नेपालले ठुलो सफलता हात पारेको छ ।

नेपालको प्रतिनिधित्व गर्दै प्रतियोगितामा सहभागी अदिति अधिकारीले ‘सेकेण्ड रनरअप’ र ‘मिस फेसन मोडल’को दुई महत्वपुर्ण उपाधि नेपाल भित्र्याउन सफल भएकी छन् ।

नयाँ दिल्लीमा केही दिन अगाडि सम्पन्न प्रतियोगिता नेपाल, भारत, चिन, बंगलादेश लगायत १६ देशका सुन्दरीहरु सहभागी थिए । नेपाली कलासंस्कृतिले भरिएको बिभिन्न पोसाक समेत प्रस्तुत गरेकी अदितिले प्रतियोगिताबाट आफुले धेरै कुरा सिक्न पाएको बताइन ।

१८ बर्षीय अदिति नेक्स्ट मोडल नेपाल आयोजक रहेको ‘मोडल हन्ट नेपाल २०१८’ की बिजेता हुन् ।अदितिको सफलतामा राष्ट्रले गौरव गर्नुपर्ने नेक्स्ट मोडल नेपालका सिइयो रवि धमलाले बताए । 

युवायुवतीलाई फेसन उद्योगमा आउन यो सफलताले प्रेरणा मिल्ने उनको भनाई रहेको छ । प्रतियोगीतामा शिर्ष उपाधि मिस रसिया तातीयाना र फष्टरनर अप मिस फिलिपिन्स पाउलिनले जितेका थिए

Comments

ताजा खबर