यातायात महासङ्घसँग सहकार्य गरेर अगाडि बढ्छ सरकार : मन्त्री महासेठ

२०७५, ४ फाल्गुन शनिबार ०७:२२

सनराइजजेएन, ४ फागुन काठमाडौ, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको वार्षिक साधारणसभामा यातायात ब्यवसायी महासङ्घसँग सहकार्य गरेर अगाडि बढ्ने  सरकारको पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रघुवीर महासेठले बताएका छन । 

काठमाडौमा आयोजना गरिएको महासङ्घको वार्षिक साधारणसभामा बोल्दै यातायात क्षेत्रलाई बेवास्ता गरेर सरकार अगाडि बढ्न नचाएको व्यवसायीलाई दुःख दिने सरकारको मिति नभएको जनाएका छन । यातायात क्षेत्रमा भएको लगानी नडुबोस् भन्ने सरकारको चाहाना रहेको भन्दै यातायात क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउन व्यवसायी सरकार सहकार्य गरेर अगाडि बढ्नुपर्ने बताए । यातायात क्षेत्रका विज्ञ व्यक्तिले दिएका सुझावका आधारमा यातायात निर्देशिका संशोधन गर्दै अगाडि बढ्ने स्पष्ट पारे । 

यातायात क्षेत्रलाई व्यवस्थित गर्न यातायात प्राधिकरण गठन गर्न सरकार लागेको पनि साधारणसभामा मन्त्रीले जानकारी दिए । कार्यक्रममा बिल्ने अधिकाङ्स बक्ताहरुले यातायात क्षेत्रभित्रको समस्याका लागि व्यवसायी आफै जागरुक भै मुलुक निर्माण र सामाजिक सेवामा तत्पर हुँदै यातायात व्यवसायीले महत्वपूर्ण भूमिका खेलेको हुँदा  यातायात क्षेत्रलाई बेवास्ता गरेर सरकार अगाडि बढ्न नहुने जानाएका छन । 

सरकार गठन पछि पहिलो प्राहार यातायत संघ समितीले सिण्डिकेट लगाएको भन्दै यातायात संघ समिती खारेजीको निर्णय सरकारले गरेको थियो । त्यसपछि निर्णय सच्याउन ब्यवसायी आन्दोलित भए । जसको कारण अहिले सम्म समितिहरु नवीकरण भएका छैनन भने बैंक खाता समेत सरकारले रोक्का गरेको छ । यसै सन्दर्भलाइ जोड्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले सरकारले यातायात व्यवसायीसँग छलफल नगरी निर्देशिका जारी गरेको भन्दै यसलाई सच्याउन सरकारसँग आग्रह गरे । 

महासङ्घका महासचिव सरोज सिटौलाले साधारणसभाले मुलुकको समग्र यातायात क्षेत्रमा देखिएको समस्या समाधान गरी यातायात क्षेत्रको विकासका लागि सरकारलाई सुझाव दिएर ब्यवसायी को लगानी सुरक्षाको ग्यारेन्टी सरकारले गर्नुपर्ने जनाए ।

Comments

ताजा खबर