नेपाल तथा विश्वभरको कोविड्-१९ को आंकडा

नेपाल

  • परीक्षण संख्या
  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको

विश्व

  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको
  • संक्रमित भएको देश

नेपालको मौलिक संस्कृतिमा रमाऔ ।

२ फाल्गुन २०७५, बिहीबार १६:१०

धिरेन्द्र चन्द सोडारी , काठमाडौं , (जरो किलो महाअभियानका अभियान्ता) । प्रेम दिवस वा प्रणय दिवस १४ फेब्रअरीमा विश्वभर मनाइने दिवस हो । यो पर्व पादरी सेन्ट भ्यालेन्टाइनको वलिदानसँग सम्बन्धित छ । संसारमा सबैभन्दा धेरै परिभाषित हुन नसकेको शब्द् सायद प्रेम हुनुसक्छ् । प्रेम देखासिकि होकी आकर्षण हो भन्नु धेरै गाह्रो छ् । प्रेम भावनासँग सम्बन्धि कुरा हो उसलाई अनेक प्रतिक र बिम्बमा अभिव्यक्त गरेको पाइन्छ् ।

 तत्कालीन रोमन सम्राट क्लाउडियस द्धितीयले युवा प्रेम र विहाहतिर लागे सैनिक सेवा प्रभावित हुन्छन् भन्ने ठानेर यसलाई प्रतिबन्ध लगाएका थिए तर भ्यालेन्टाइन भने सम्राट्को निर्णयलाई धर्मविरुद्ध भनेका छन् । अनुशासनको दायराभित्र हुने प्रेम र आकर्षणमा ईश्वर पनि खुसी हुन्छन् । त्यसैले उनले राजाज्ञा अवज्ञा गर्दै प्रेम र विवाहका लागि प्रेरित मात्र गरेनन् युवायुवतीका जोडीहरु त्यार पारी सार्वजनिक स्थलमै सामूहिक विवाह कार्यक्रम सम्पन्न गरे र निषेधाज्ञा तोडेको आरोपमा उनलाई ई.पू. २७०को फेब्रअरी १४ मा मृत्यदण्ड दिइएको थियो । प्रेमका लागि प्राण उत्सर्ग गर्ने पादरीको सम्झनामा भ्यालेन्टाइन डे मनाउनु थालिएको हो ।

आजभोली धेरै चर्चामा नेपालको मौलिक आफ्नै मौलिक प्रेम दिवस अथवा मतिना (माया) पारुको कथा गरेको पाइन्छ् । मतिना पारु, लोकप्रिय चाड यःमरि पुन्हिको भोली पल्ट पर्दछ् । पुन्हि भन्नाले नेपाल भाषामा पूर्णिमा भनेझैँ, त्यसको भोली पल्ट, पारु भन्नाले प्रतिपदा बुझिन्छ । आज कता कता हामी पाश्चात्य संस्कृतिमा रमाइरहेका छौं । अङग्रेजी नयाँ वर्ष, क्रिसमस डे, हेल्लो–इन, इस्टर र भ्यालेन्टाइन जस्ता पर्वहरुमा दिन प्रतिदिन बिदेशी सस्कृति माथी यूवाहरु आकर्षित भएका छन् । आज प्रेम दिवसको नाम कतिका घरबार भएका छन् भने कतिका घरबार उजाडिएका छन् । 

सिमित आफ्ना इच्छाहरु पुरा गर्न वा स्वार्थको लागि प्रेमको नाटक पनि गरिरहेका देख्नु पाइन्छ् । भ्यालेन्टाइन डे को नाममा दिन प्रतिदिन विकृति भइरहेको छ् । हाम्रो आफ्नै रितिरिवाज, धर्म, संस्कार र संस्कृति छन् । त्यसमा सम्पन्न र समृद्धि छौं । त्यस्तो अवस्थामा हामीले पाश्चात्य संस्कृतिबाट कुनै धर्म र संस्कृति संस्कार आयात गर्न आवश्यक छैन् । आयात गरिएको धर्म संस्कृति अपनाएर व्यक्ति विशेष र समुदाय विशेषले गर्व गर्न सक्छन्, लाभ लिनु सक्छन्, तर त्यो राष्ट्र र राष्ट्रियताको लागि कदापि हितकार हुँदैन् ।

प्रतिमान बदल्ने समय आएको छ् । किन यी बिदेशी धर्म संस्कृति आवश्यकता बने र शिवरात्री, होली, माघि, गौरा पर्व, जनै पुर्णिमा, छँठ, ल्योसार, जितिया र तिज जस्ता मौलिक धर्म संस्कृति विकृति बन्नु आज सबैले बुझ्नु आवश्यक छ् । अबको युग वैज्ञानिक सत्ययुग हो । हाम्रा मौलिक धर्म संस्कृतिहरुको व्यापक प्रचार–प्रसार गरेर आफ्नै मौलिक पर्वको संरक्षण गरौं ।यो युग हाम्रो हो अघि बढौं । नेपाल मातरम् ।

Comments

ताजा खबर