दुर्घटना न्यूनीकरणका लागि पाल्पा ट्राफिकको अभियान

२०७५, २५ माघ शुक्रबार १८:०६

भविन्द्र गौतम पाल्पा २५, माघ । ओभरटेक गर्ने क्रममा सवारी दुर्घटना वृद्धि भएको भन्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाले सचेततामुलक अभियान सुरु गरेको छ । शुक्रबार एक कार्यक्रमको आयोजना गरि पाल्पामा रहेका यातायात ब्यवसायी समितीका प्रतिनिधी , मोटर ड्राइभिङ ईन्स्टिच्युटका प्रशिक्षक, सवारीका मजदुर संगठन प्रतिनिधि लाई प्रशिक्षण दिदै सुझाब समेत सन्कलन गरेको छ । 

ओभरटेक गर्ने र ओभरटेक गर्न दिने सवारीले गलत सूचना दिदा दुर्घटना बढेको भन्दै  पाल्पा ट्राफिक प्रमुख डम्मर गिरिले साइड दिने सवारी साधनले बायाँ तर्फको साइड लाइट बाली उचित स्थानमा मात्र साइड दिने र दायाँ तर्फको सवारीले दाइने लाइट बालेर ओभरटेक गर्ने र ओभरटेक गरिसकेपछी बायाँ तर्फको साइड लाइट बाली आफ्नो लेनमा जानुपर्ने भन्दै चालकलाइ नियमको अनुशरण गर्न अनुरोध गर्नुभयो । 

ट्राफिकनियम को पालना गरेमा स्वत दुर्घटना न्यूनीकरण हुने भन्दै आफ्नो क्षेत्रबाट चालक मजदुरलाई प्रशिक्षित गराउने प्रतिबद्धता कार्यक्रममा सहभागीहरुले जानाएका छन ।

Comments

ताजा खबर