भोलि देशभर वर्षा,हिम पहिरो र बाढीको खतरा , सतर्क हुन आग्रह

२०७५, २३ माघ बुधबार १०:१५

काठमाडौं , २३ माघ ।जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका अधिकांश क्षेत्रमा बुधबारको मौसम सामान्यदेखि पूर्ण बदली हुनेछ । महाशाखाले जारी गरेको सूचनाअनुसार पश्चिमी भू–भागमा पूर्ण बदली हुनुका साथै मध्य भूभागमा सामान्य बदली र बाँकी भूभागमा आंशिक बदलीको सम्भावना छ ।

बिहीबार देशका अधिकांश स्थानमा वर्ष हुने सम्भावना रहेको छ । काठमाडौं उपत्यकासहित पहाडी क्षेत्रमा वर्षा हुने सम्भावना रहेको मौसमविद् वरुण पौडेलले बताए । यस्तै उच्च हिमाली र उच्च पहाडी क्षेत्रमा भारी हिमपातको सम्भावना छ ।उनका अनुसार पश्चिमी वायूको प्रभावका कारण बिहीबार र शुक्रबार मध्य तथा पश्चिम नेपालमा वर्षा हुनेछ । 

याे हिउँदे वर्षा भएका कारण धेरै जाेखिम नहुने उनकाे भनाइ छ ।चट्याङ पनि पर्ने सम्भावना रहेकाले सतर्कता अपनाउन उनले आग्रह गरे ।यता, नेपाल बाढी सूचना केन्द्रले जारी गरेको सूचना अनुसार पहाडी क्षेत्रका स–साना खोलाहरुमा पानीको आकस्मिक बहाब प्रबाह हुन पनि सक्छ । हिमपहिरो जानसक्ने क्षेत्र र पहिरो जानसक्ने क्षेत्रमा सतर्क रहन केन्द्रले सचेत गराएको छ ।

Comments

ताजा खबर