टोकियोमा नवजात शिशुको लागि खोप तथा स्वास्थ्य सम्बन्धी सेमिनार ।

२०७५, २२ माघ मंगलवार ०७:५१

टोकियो । जापानमा जन्मिएको नवजात शिशुहरुलाई लगाउने खोप एवं स्वास्थ्य सम्बन्धि एकदिने खोप तथा मातृशिशु स्वास्थ्य सम्बन्धि सेमिनार हुनेभएको छ ।

टोकियोको सुगिनामि कुरा हुने सेमिनारमा जापानमा नै जन्म भएका नेपाली नवजात शिशुको खोप सम्बन्धि जानकारी दिन सेमिनार आयोजना गरिएको आयोजक हेल्थ फ़र अलले जानकारी दिएको हो । सुगिनामि कुको आसगयमा रहेको स्योकोन खाईकेनमा हुने नवजात शिशुको खोप तथा स्वास्थ्य सम्बन्धी सेमिनरले घरमा बच्चा भएर पनि भाषाको कारणले नबुझिएको समस्याहरु सहित नवजात शिशुका लागि अपनाउनु पर्ने सर्तकताहरुका बारेमा बुझ्न सहयोग पुग्ने आयोजकले विस्वास लिएको छ । 

आउदो आईतबार १० तारिख दिउसो १ बजेबाट शुरुहुने सेमिनारको सहित प्रत्येक हप्ताको सोमबार, बुधबार र शुक्रवार टेलिफ़ोन मार्फ़त सेवा लिन सकिने गरी ब्यबस्था गरिएको आयोजकले जानकारी दिएको छन ।

Comments

ताजा खबर