धादिङ् समाज जापानको नयाँ कार्यसमितिद्वारा संरक्षक,सल्लाहकार तथा मिडिया संयोजक मनोनयन गर्यो,संस्था अझ प्रभावकारी बनाउनेमा जोड

२०७५, १३ माघ आईतवार २०:१०

टोकियो । धादिङ् समाज जापानको नयाँ कार्यसमितिको आज बसेको बैठकले मनोनयन गर्न बाँकी रहेका पदहरुमा समाजका लागि महत्वपुर्ण भूमिका निर्वाह गरिरहेका विभिन्न व्यक्तित्वरुलाई मनोनीत गरेको छ ।

आईतबार, टोकियोको सिनओकुबो स्थित  सोलमारी हलमा अध्यक्ष कृष्ण खनालको उपस्थितीमा  भएको बैठकले ,संरक्षक मा सफल व्यवसायी  तथा समाजका हरेक गतिविधीहरुमा महत्वपुर्ण भूमिका निर्वाह गर्नुहुने केशव अधिकारी लाई मनोनयन गरेको छ । त्यसैगरी सोहि बैठकले ,क्रमस:संस्थाको स्थापना /संरक्षण  तथा प्रवर्द्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने,तेज अर्याल, राजेन्द्र श्रेष्ठ , राजकुमार अधिकारी, टिकाराम रिजाल, बाबु काजी भण्डारी,कृष्ण सिम्खडा,रामहरि पुडासैनि , डा होम बहादुर रिजाल, श्याम शितल, डि.पि अर्याल र अनुज थापालाई संस्थाको सल्लाहकारमा मनोनयन गरेको छ । समाजले, स्थापनाकालदेखि संस्थाको समाचार प्रकाशन तथा विविध प्रचार/प्रसार कार्यमा सहयोग पुर्याउँदै आउनुभएका सञ्चार कर्मी राजन गौतमलाई  मिडिया संयोजकमा मनोनयन गरेको महासचिब बिमल श्रेष्ठले जानकारी गराउनुभयो ।

गत, डिसेम्वर २७ तारिखमा भएको तेस्रो अधिवेशनले कृष्ण खनालको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको थियो ।  समाज,धादिङ् जिल्लाका विभिन्न स्थानबाट आई, विविध पेशा व्यवसायमा संलग्न धादिङेलीहरुमा प्रवासमा भईपरि आउने समस्याहरुमा सहजिकरण गर्दै, धादिङ्को भौतिक तथा शैक्षिक विकासको क्षेत्रमा योगदान पुर्याउने उद्देश्यका साथ कृयाशील रहेको छ ।

Comments

ताजा खबर