बच्चाको डेलिभरि सफल,आमा ब्रेनटुमरले अन्तिमअवस्थामा मोनाको सहयोग अपिल ।

२०७५, १३ माघ आईतवार ०५:५२

टोक्यो जनवरी २७ । नेपाल बाट सुन्दर सपना बोकेर जापान आयकी म्याग्दी रघुगंगा गाउँपालिका ३ पिप्लेकी प्रमिला दर्जी ब्रेनटुमर रोग्ले हस्पिटलमा अन्तिम अवस्थामा ।  

म्याग्दी रघुगंगा गाउँपालिका ३ पिप्लेका दिनेश दर्जिको श्रीमती सुन्दास प्रमिला दर्जीलाई बच्चा डेलिभरिको लागि एक हप्ता अघी जापानको नागोयाको पुवाना हस्पिटल मा भर्ना गरियको र बच्चा राम्रैसँग डेलिभरि भय पस्चात पुर्न आमा सुन्दास प्रमिला दर्जी लाई चेकिङ गर्दा ब्रेनटुमरले अन्तिम अवस्थामा पुरायको हस्पिटल र डक्टर बताय अनुसार आमालाई बचाउन सक्ने सम्भावना यक्दमै निउन रहेको कुरा मोना जापानका अध्यक्ष दीपक कार्की ज्यु प्रत्यक्ष हस्पिटलमा गैइ जानकारी प्राप्त भएकोछ ।  

आमा को अवस्था अन्तिम भयको हुँदा बच्चालाई तुरुन्त नेपाल पठाइ पालन पोषण गर्नुपर्ने भयकोले सम्पूर्ण नेपाली दाजुभाइ दिदिबैनी हरुमा सयोगको लागि हार्दिक अपिल मोना जापान ले गरेकोछ  । सहयोग को लागि मोना ले आफ्नो बैंक  खाता नम्बर = 10120-87744051  Jp बैंक , खाता नाम – मोना जापान ( モナ ジャパン ) मोना जापान परिवार ।  

Comments

ताजा खबर