आज बाट सहिद सप्ताह सुरु

२०७५, १० माघ बिहीबार ०९:२६

पाल्पा , माघ १०, भबिन्द्र गौतम ।  देशका लागि जीवन बलिदान गर्ने शहीदहरुप्रति सम्मान व्यक्त गर्दै आजबाट शहीद सप्ताह शुरु हुँदैछ । जहानियाँ राणा शासनको विरोधमा लड्दालड्दै शहादत प्राप्त गरेकाहरुको सम्झनामा  काठमाडौं महानगरपालिकाको संयोजनमा माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ शहीद सप्ताह मनाउने गरिन्छ ।

नागरिक स्वतन्त्रताको माग गर्दा वि.सं. १९९७ माघ १० गते राति १२ बजे काठमाडौंको टेकु पचलीस्थित खरिको रुखमा शुक्रराज शास्त्री लाइ, माघ १३ गते सिफलमा धर्मभक्त माथेमालाई, र गंगालाल श्रेष्ठ तथा दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा तत्कालीन राणाशासकले गोली हानेर मृत्युदण्ड दिएका थिए । जसको सम्झना स्वरुप हरेक वर्ष माघ १६ गते शहीद दिवस मनाइन्छ । 

नेपालको पहिलो शहीद भने लखन थापालाई मानिन्छ । थापालाई तत्कालीन राणा प्रधानमन्त्री जंगबहादुर राणाविरुद्ध प्रचार प्रसार गरेको आरोपमा वि.सं. १९३३ साल फागुन २ गते गोरखाको मनकामना मन्दिर नजिकै रुखमा झुण्ड्याएर हत्या गरिएको थियो । पछिल्लो समयमा भने विभिन्न आन्दोलनमा ज्यान गुमाएकाहरु लाई सहिद धोषणा गर्ने गरिएको छ । रास्ट्र, र जनता को निम्ति आफ्नो बलिदान दिने सहिद प्रती हार्दिक श्रद्धाञ्जली ।

Comments

ताजा खबर