प्रवेशद्वारको शिलान्यास

२०७५, ९ माघ बुधबार १८:३२

नारायणप्रसाद कोइराला ,रुपन्देही, माघ ९ । पैदलमार्ग गरि नेपाल भित्रने सबैभन्दा ठूलो नाका रुपन्देहीको भैरहवामा सिद्धार्थनगर नगरपालिकाले बनाउन लागेको प्रवेशद्वारको प्रतिनिधि सभा सदस्य मा. घनश्याम भुसालद्वारा एक कार्यक्रमका विच शिलान्यास गरिएको छ । 

कार्यक्रममा अवसरमा बोल्दै भुसालले नेपालको चिनारी सहित बुद्धत्व झल्कने आकर्षक पर्यटकीयद्वारा बनिसकेपछि यस क्षेत्रको पर्यटन विकाशमा कोशेढंङ्गा सावित हुने र लुम्बिनि घुम्न आउने पर्यटकलाई अकर्षण गर्ने बताए । सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरिप्रसाद अधिकारले नगरमा न्यून बजेट हुँदाहुँदै पनि विभिन्न माध्यमबाट स्रोत जुटाई पर्यटन प्रवद्र्धन गर्नको लागि प्रवेशद्वार निर्माण गर्न लागिएको बताए । उनले नगरभित्र बढी भन्दा बढी पर्यटक भित्राउन यस द्वारले महत्वपुर्ण भुमिका निभाउने कुरामा आफुले विश्वास लिएको बताए । 

शुरुमा नेपाल भारतको सीमा क्षेत्र बेलहियामा निर्माण गर्ने भनिए पनि हाल सीमा नाका भन्दा एक किलोमिटर नेपालतर्फ रहेको डण्डा नदीको छेउमा द्वारा बनाउन लागिएको हो । दशगजा पार गर्ने वित्तिकै सीमाक्षेत्रमा नै बनाउने भनिएको द्वारको बेलहियाका स्थानिय भने रुष्ट देखिएका छन् । हरेक आन्दोलनलाई सीमामा बसेर लड्दै र देशलाई सहयोग पु¥याएको बेलाहिया वासीलाई बाहिर राखेर निर्माण गर्न लागिएको स्थानिय देवी न्यौपालने ले गुनासो गरिन् । 

भारतले सीमा अतिक्रमण गर्दै आइरहेको अवस्थामा बेलहिया बाहिर स्वागतद्वारको निर्माण गर्दा पर्यटकलाई भ्रमित बनाउने समेत बताईन् । ५० मिटर लम्बाई, २३ मिटर ८० सेन्टिमिटर चौडाई तथा सडकदेखि २९ मिटरको अग्लो हुनेगरी द्वाराको डिजाईन गरिएको छ । द्वारलाई कलात्मक वस्तु, स्वयम्भूको आँखासहित अशोक स्तम्भ, बुद्धमूर्ति, हरियाली जोन, नेपालको राष्ट्रिय झण्डा लगाएतले सिंगारीने र नेपालकै नमुना बनाउने कुरामा नगरपालिका विस्वस्त रहेको छ द्वारको निर्माण ठेक्का सम्झौता भएको २ वर्षमा सम्पन्न हुने गरि प्रकृति निर्माण सेवाले लिएको छ ।

Comments

ताजा खबर