नेपाल तथा विश्वभरको कोविड्-१९ को आंकडा

नेपाल

  • परीक्षण संख्या
  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको

विश्व

  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको
  • संक्रमित भएको देश

अवसर र डरले भरिएको सत्यः मृत्यू

९ माघ २०७५, बुधबार ०३:५०

नारायणप्रसाद कोइराला , बुटवल , माघ ९ ।  मृत्यू शब्द आफैमा भयानक अर्थ दिने खालको छ, साच्चै डरलाग्दो तर एकमात्र परमसत्य हो । यस पवित्र धर्तिमा जन्मलिनु नै मृत्यूको सत्यता प्रष्टपार्नु हो । हरेक धर्म, जाति, प्राणी, भाषाभाषी, देशवासि, सजिव, निर्जिव सबैको मृत्यू निश्चित । मृत्यू कहिले र कसरी हुन्छ भन्ने कुरा भने सधै एक नसुल्झने प्रश्नको रुपमा रहिरहेको हुन्छ । 

मानव जातिमा यो परमसत्यलाई भय वा डरको रुपमा लिईरहने परम्परा कहिले सम्म विद्यमान होला ? एक प्रश्न उठिरहेको हुन्छ । सुन्दर संसार, आफ्ना परिवार, साथी संगि, घर, जग्गा, जमिन, पैसा, अहंकार, घमण्ड, स्नेह, त्याग सबै मृत्यू सँग साथमै गएको हुन्छ । कुनै पनि त्यस्तो चिज हुँदैन मानिसले मृत्यू पछि साथमा लिएर गएको, प्राणीहरुले आफुले संकलन गरेका भोगेका, देखेका सबै वस्तुहरु छाडेरै जानुपर्दछ यो परमसत्य नै हो । 

यो कुरा कसैलाई सिकाउन वताउनु पर्ने नै छैन जसले जिवन विताई रहेको छ उसलाई थाहा छ कि हामी केहि दिनका पाउनामात्र हौं भनि र एक दिन अवश्य पनि मृत्यू आउँदछ भनि, र पनि हरेक दिन भागदौडमा नै व्यातित हुन्छ जिवन र मृत्यूको भय र सत्यताबाट टाढा रहेका हुन्छन् । हरेक धर्म संस्कार र संस्कृतिमा मृत्यूका बारेमा भयानक कथ्यहरु प्रश्तुत गरिएका छन्, भने मृत्यू पछिको काल्पनिक अवस्थाका विश्लेषणले त झन मानिसलाई त्यति डर पैदा गराएको हुन्छ की हामी सबै त्यसैको कारण मृत्यूलाई सहज रुपमा लिन सक्दैनौ । 

मानिसको मृत्यू नै पुर्नजन्म हो भन्ने पनि धेरै भटिन्छ् । धर्मशास्त्रलाई मान्ने हो भने प्राणीको मृत्यूनै पुर्नजन्म हो भन्न सक्दछौ । हिन्दू धर्मशास्त्रानुसार जब मानिस मृत्यूको मुखमा पुगेको हुन्छ उसलाई महामृत्यूजय मन्त्रको उच्चारण सुनाइन्छ वा गराईन्छ भने तिर्थस्थलको जल पिलाइन्छ । जसको कारण मृत्यूपछि उसको आत्माले स्वर्गमा वास पावस भन्न हुन्छ । 

बैदिक सनातन धर्म शास्त्र अनुसार व्यक्तिको जिवनकालमा उसले १००८ चन्द्रमाको दृष्यावलोकन भए पछि चौरासी पुजन गर्ने चलन पनि रहेको छ भने जिवनको उत्तरार्धमा मृत्यू पछि उसको आत्मको शान्ति पावस भनि बैतरणी पुजा, वेदपाठ पुरायण, तलसीमाला जप, अर्धजलमा आशन आदि आदि यसका मृत्यू हुने व्यक्तिको आत्माले शान्ति पाउँछ र स्र्वगको वास हुन्छ भन्ने विश्वास सनातन धर्ममा विश्वास गर्नेहरुमा पाइन्छ भने अन्य धर्ममा पनि मृत्यूपछिका मोक्षप्राप्तको लागि भनि विभिन्न प्रयत्नहरु गरेको पाइन्छ । 

विश्वको पुरानो ग्रन्थ बेद भनौ वा अन्य धर्मको धर्म शास्त्रहरु वा अहिलेको आधुनिक विज्ञान कसैले पनि मृत्यूको रहस्यका बारेमा स्पष्ट रुपमा जानकारी गराउन सकेको देखिदैन, जसरी जन्मलाई आंकलन गर्न सकिएको हुन्छ र त्यसको केहि लक्षणहरु पनि देखा पर्दछ तर मृत्यूको दिन समयका बारेमा केहि पनि बताउन अहिलेको आधुनिक विज्ञानले सकेको छैन, कहि कतै केहि कारणहरु देखा परेता पनि त्यसले सबैलाई मृत्यूको बारेमा स्पष्ट हुन दिन सकेको देखिदैन । 

विज्ञानको पनि प्रणेता मानिने ज्योतिष विज्ञानले केहि अनुमान भने लगाउन सकेको जस्तो देखिन्छ । ज्योतिष विज्ञानमा मृत्यूको बारेमा कारण र समय बताइए पनि पूर्ण रुपमा भने केहि पनि कुरा मिलेको जस्तो देखिदैन । विज्ञानलाई मार्ग निर्देश गर्ने ज्योतिष विज्ञानले त अनुमान लगाएको जस्तो देखिन्छ । मानव जन्म पुर्व देखी नै उसका बारेमा अनेकौ टिका टिप्पणी हुने गरेको हुन्छ । मेरो बालक कस्तो जन्मने होला ? छोरा होला कि छारी ? मलाई मायाँ गर्ला कि नगर्ला, भविष्मा के बन्ला जस्ता अनेकौ सोचाईहरुमा सकारात्मक सोचाई बोकेर बसेका परिवारका सदस्यहरु उसको जन्म पुर्वनै उसलाई जिम्मेवारीको भारी बोकाई दिएका हुन्छन् । 

व्यक्तिको जन्मनै रुदै हुन्छ कि उसले आफ्ना परिवारले सोचेको त्यो कुराहरु पुरा गर्न सकौलाकि नसकौला भनेर र उसले परिवारप्रति जिम्मेवारी बोध गर्दै विस्तारै बृद्धि हुँदै जान्छ, जति जति उसको बृद्धि हुन्छ त्यति त्यतिनै उसलाई जिम्मेवारी थापिदै गएको महशुस हुन्छ । जिम्मेवार पुरा गर्ने क्रममा उसले विद्यालय जान्छ अध्ययन गर्दछ, राम्रो गर्ने प्रयाश गर्दछ, हरेका को सपना पुरा गर्नको लागि उ जिम्मेवारी पुर्वक लाग्दछ । मानव जातिको जन्म के कति कारणले भएको भन्ने कुरा उसले चटक्कै विर्सिएर, मानव जातिको मायाँ ममतामा फस्दै जान्छ र उनिहरुको सुख भोगको लागि रातदिन तल्लिन रहन्छ । 

उसमा तेरो मेरोको भान पैदा हुन्छ, रिस, डाह, ईस्या, मोह, घमण्डको विजारोपण देखा पर्दछ । यसै अनुरुप आफ्नो देश, जाति, घरपरिवार, धर्म, संस्कृति, परम्परालाई पनि खासै महत्व नदिई खाली मेरो र तेरो भावनामा अल्झिरहेको हुन्छ । आफुले जे जति दुःख गरेपनि आफ्ना परिवारजन र सन्ततीको लागि सुखको खाजीमा रातदिन भौतारिरहेको हुन्छ । अरुको सुख र भोगविलासका साथै केहि मात्रामा आफ्नालागि पनि त्यो सुविधा लिएको जस्तो देखिएको हुन्छ तर वास्तविक रुपमा हेर्ने हो भने मानव आफ्नो लागि कम र आफन्तका लागि ज्यादा रुपमा कार्यगरेको अनुभव हामीले गरेका हुन्छौं । 

पैसा कमाउने, जग्गा जमिन जोड्ने, गाडि खरिद गर्ने, भवनहरुको निर्माण गर्ने विलासिको साधनहरुका प्रयोग गर्ने सपनामा तल्लिन मानवजाति आफ्नो उद्देश्यलाई किनारा लगाउँदै मृत्यूलाई पनि सजिलै जित्न सक्ने छु भन्ने घमण्डमा रुपलिएको हुन्छ । मानवजातिको लक्ष्य भनेको शान्ति स्थापना, मानवता, परोपकार, सरलतालाई स्थापित गर्ने हो । मानवधर्मलाई स्थापित गरउनको लागि यस पृथ्वीमा जन्मलिएपछि हरेक मानवको कर्तब्य नै हुन आउँछ । आफ्नो जाति, धर्म संस्कृति, परम्परालाई रक्षा गर्दै राष्ट्रको सेवा गर्ने र विश्वबन्धुत्वको भावना लिई विश्व शान्ति र भाईचारा स्थापित गर्नको लागि नै मानव जिवनमा जन्मलिएको हुन्छ । 

छोटो समय लिई आफ्नो उद्देश्य पुरा गर्नको लागि पृथ्वीमा अवतरीत मानव जाति आफुलाई दिइएको समयसिमा भन्दा एक मिनेट पनि बढि यस पृथ्वीमा बस्नको लागि अनुमति हुँदैन । जन्मको दिन नै हामीलाई पृथ्वीबाट विदाहुने दिन तोकिएको हुन्छ तर कहिले कसरी भन्ने कुनै पत्तो हुँदैन । त्यहि अनिश्चित समयमा हामीले आफ्नो उद्देश्य एवम् कार्यहरु पुरा गर्नु पर्ने हुन्छ अत्यथा हामी पछुताउने माफि माग्ने समेत मौका पाउदैनौं । सो समयमा जति सुकै दुःखकष्ट सहेर पनि हामी अर्कौ दुनियामा जानुनै पर्ने हुन्छ । 

जसरी सपनामा देखेका ठूलाठूला महल, आफन्त आरामदाई जिवनबाट विहान विउझिदाँ फरक संसारमा पुगेको जस्तरी पुरानै रुपमा आउँछौ त्यसै गरि मृत्यूपछि पनि हामी त्यसै गरि आफुले दुःखले कमायको धन सम्पत्ति, आफ्ना छोराछोरी, परिवार, आफन्त, इष्टमित्र सबै सबैलाई एक पलमा बाईबाई पनि भन्न नपाई छाडेर जानु पर्ने पिडा मृत्यूमा रहेको हुन्छ । मृत्यू पनि अनेक प्रकारका हुन्छ् । सरल मृत्यू वा भनौ औषत उमेर पुगेर भएको मृत्यू, दुःखत मृत्यू वा दुर्घटना, विभिन्न रोगका कारण अथवा भनौ औषत उमेर भन्दा कमिमा हुने मृत्यू । 

विभिन्न धर्मग्रन्थले भने अनुसार मानिसले आफ्नो पुर्व जन्मको कर्म अनुसार यस जन्ममा मृत्यू वरण गर्दछ । असल कर्म गरेको भए सरल मृत्यू र गलत कर्म गरेको भए दुःखत मृत्यू । मृत्यू जसरी जहिले भएपनि त्यो जहिले पनि भयानक नै सावित हुन्छ । त्यसैले हरेक दिनलाई मानवधर्ममा सर्मपित गर्नु पर्ने हुन्छ । अन्त्यमा, जसरी सुर्यले ताप र प्रकाश दिन्छ, चन्द्रमाले सितलता प्रदान गर्दछ, जलले प्यास बुझाउने, अग्निले ताप दिने वा डढाउने यि यस्ता सामान्य प्रकृतिका नियमहरु जस्तै मृत्यू पनि सामान्य र कटुसत्य पनि हो । 

त्यसैले मृत्यू हुन्छ भन्ने जानि सकेपछि हामीले समाजमा बैमनस्यता, नैरास्यता, झैझगडा, तेरोमेरो, तोडफोड, छलकपट किन गर्ने ? त्यसको सट्टामा आफुसँग भएको मनोवललाई उच्च बनाउँदै । परिवार, समाज, राष्ट्र र विश्वलाई नै परिवर्तन गर्न सक्ने संस्कारको विकास गर्दै धार्मिक कार्यको आधारमा सामाजिक परम्परालाई सदैव उच्च पहल गर्नु पर्ने हुन्छ । आफ्नो मानवधर्मलाई जोगाउन पहल गर्ने, राष्ट्र र राष्ट्रियतालाई प्रमुख विषयका रुपमा पहिचान गरि विश्वशान्तिको कामनाको लागि एक कदम पाईला चाल्न सकेको खण्डमा हाम्रो मृत्यू एक भयानक डर होइन जिवन सुर्वण अवसरको रुपमा स्थापित हुने थियो ।

Comments

ताजा खबर