पौडेलको स्मृतीमा श्रद्दान्जली सभा सम्पन्न , नययुवा साहित्य पुरस्कारको घोषाणा

२०७५, ३० पुष सोमबार १३:१७

टोक्यो जनवरी १४ ।अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास ) जापान च्याप्टरले आफ्नो ४९ औ साहित्यिक शृंखला जनवरी १३ तारिक तारिक टोकियोको शिनओकुबो स्थित नेपाली मुराहलमा संस्थाका अध्यक्ष दीप पाठकको सभापतित्त्वमा सम्पन्न गरेको छ ।

उक्त अवसरमा जापान च्याप्टरका पूर्व अध्यक्ष स्व. वेदप्रसाद पौडेलको स्मृतीमा तस्बिरमा पुष्प अर्पण गरी शोक तथा श्रद्दान्जली सभा गरिएको थियो । कार्यक्रममा स्व. वेदप्रसाद पौडेलको जापान बसाइ र साहित्यिक योगदानको बारेमा चर्चा गरीनुको साथै वहाँको सम्झनामा एक मिनेट मौन धारण गरीएको थियो । 

 संस्थापक अध्यक्ष डा. कुमार बस्नेतको प्रमुख अाथित्यता रहेको कार्यक्रममा अमेरिकाबाट पाल्नुभएको अनेसास बोर्ड अफ ट्रस्टि ( BOT ) का नवनिर्वाचित कोषाध्यक्ष राम लामा ‘अविनाशी’ को बिशिस्ट आतिथ्यता  रहेको थियो । साथै केन्द्रीय वरिस्ठ उपाध्यक्ष प्रकाश पौडेल ‘माइला’ सन्स्थापक शरदकुमार गौचन, अग्रज जिज्ञानकुमार थापा, पूर्ब अध्यक्ष द्वय बेलुक़ाज़ी थापा, आलोक चालिसे, पत्रकार महासघ जापानका अध्यक्ष मोहन घले, सल्लाहकार पुस्करजंग थापा, पत्रकार प्रेमिला गौचन, रामजङ्ग कार्की, राजकुमार पन्डित्, यमकान्त कन्डेल लगायतको आथित्यता रहेको थियो । 

प्रमुख अतिथिको आसनबाट बोल्दै डा. कुमार बस्नेतले अनेसास जापान च्याप्टरको स्थापना गर्दाको सन्दर्भ र  वेद पौडेलको उर्जाशील शक्तीबारे चर्चा गर्नु भयो । विशिस्ट अतिथीको आसनबाट राम लामा ‘अबिनाशी’ ले पौडेलको निधनले समग्र अनेसास परीवारलाई अपुरणीय क्षती पुगेको कुरा बताउनु भयो । सन्स्थापक शरदकुमार गौचन र जिज्ञानकुमार थापाले जापानमा रहेको नेपाली समुदायलाई वहाँले दिनु भएको योगदानको चर्चा गर्नुभयो । 

        स्व. पौडेलको स्‍मृतिमा ५०,००० यन राशिको  ‘वेदप्रसाद नव युवा साहित्य पुरस्कार’ को स्थापना गरिएको घोषणा संस्थापक अध्यक्ष कुमार बस्नेतले गर्नु भयो । यो पुरस्कार जापान भित्र रहेर साहित्य लेखन र सिर्जनामा योगदान पुर्याउने युवा पुस्तालाई हरेक वर्ष दिइन्छ । कार्यक्रममा सचिव रबिन शर्माको स्वागत मन्तव्य रहेको थियो भने महासचिब अरुण पौडेलले कार्यक्रम सन्चालन गर्नु भएको थियो ।  

Comments

ताजा खबर