नगरे कारबाही , छोराछोरीको तलब महिनैपिच्छे बाबुआमाको बैंक खातामा जम्मा गर्नुपर्ने ।

२०७५, २६ पुष बिहीबार ०६:५४

काठमाडौं । सरकारले जेष्ठ नागरिकको सुरक्षा गर्न भन्दै छोराछोरीले कमाएको तलबको निश्चित प्रतिशत बाबुआमाको बैंक खातामा जम्मा गर्नुपर्ने भएको छ ।

जेष्ठ नागरिक सम्बन्धी ऐन २०६३ लाई संसोधन गर्न बनेको विधेयक मन्त्रिपरिषदले स्वीकृत गरेको हो । संसदमा प्रस्ताव गरिएको विधेयकमा ‘सार्वजानिक पद धारण गरेका, स्वरोजगार र पेन्सन लिइरहेका प्रत्येक व्यक्तिले आफूले बुझ्ने तलबको वा आयको निश्चित प्रतिशत रकम प्रत्येक महिना आफ्ना बाबुआमाको खातामा जम्मा गर्नुपर्ने व्यवस्था गर्न प्रस्ताब गरिएको सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए ।

‘बाबुमाआ सँधै भए बाबुआमाको संयुक्त खातामा, छुट्टाछुट्टै भए व्यक्तिगत खातामा जम्मा गर्नुपर्नेछ,’ बास्कोटाले भने । समाजमा योगदान पुर्याएका जेष्ठ नागरिकहरुलाई आफन छोराछोरीले अपहेलना गरेकाले यस्तो व्यवस्था गर्न लागिएको उनले जानकारी दिए । आफ्ना बाबुआमालाई दुर्व्ययहार गर्नेलाई दण्ड सजायको व्यवस्थाका लागि पनि प्रस्ताब गरिएको उनले जानकारी दिए ।

Comments

ताजा खबर