तानसेन नगरपालिकाले मोबाइल एप शुभारम्भ

२०७५, २५ पुष बुधबार १८:५१

भबिन्द्र गौतम, पाल्पा, २५ पौष । तानसेन नगरपालिकाका नगर प्रमुख  अशोककुमार शाहीको अध्यक्षतामा रहेको कार्यक्रम प्रदेश नं ५ का सांसद दोय  बिर बहादुर राना र डा.पुरन बज्राचार्यले  मोबाइल एप खोली शुभारम्भ गर्दै जनता प्रति उत्तरदायी, जवाफदेहि  र पारदर्शी रुपले कार्य अगाडी बढाउन मोबाइल एप महत्वपूर्ण रहेको बताउनु भयो । 

तानसेन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कीर्तनराज पौडेलले यस एपको आवश्कता र महत्व बारे जानकारी गराउनु भयो भने सूचना प्रविधि अधिकृत प्रकाश गैरेले मोबाइल एपबारे बिस्तृत रुपमा व्याख्या गर्नु भयो । 

कार्यक्रममा नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष राजेश कुमार अर्यालले स्थानीय तहमा प्रविधिको विकास संग संगै मोबाइल एपबाट जनताका समस्या बुझ्न सहज हुने बताउदै यसलाइ प्रभावकारी रुप बाट संचालन गर्नु पर्नेमा जोड दिनुभयो र पाल्पा जिल्लामा तानसेन नगरपालिका पहिलो यस्तो नगरपालिका हो जसले मोबाइल एप शुभारम्भ गर्यो भन्दै नगरपालिका प्रति खुशी व्यक्त गर्नुभयो ।

यस कार्यक्रममा नगर उपप्रमुख लक्ष्मीदेवी पाठकले आफ्नो शुभकामना मन्तब्य राख्न्नु भएको थियो । वडा अध्यक्ष , कार्यपालिका सदस्य , पत्रकार र कर्मचारीको उपस्थितिमा भएको यो कार्यक्रम शाखा अधिकृत भरत प्रसाद आचार्यले  संचालन गर्नु भएको थियो ।

Comments

ताजा खबर