रुपन्देही यातायात समन्वय समितिमा रोक्का निर्बाचित

२०७५, २५ पुष बुधबार १७:५१

 पौष २५, बुटवल, भबिन्द्र गौतम । नेपाल यातायात ब्यवसायी राष्ट्रिय महासङ्घको रुपन्देही  जिल्ला अधिबेसनले सन्जिब रोक्काको अध्यक्षतामा ५ सदस्यीय समिती गठन गरेको छ ।

बुधबार रुपन्देहीको बुटवलमा बसेको जिल्लाका महासङ्घ सम्बद्ध यातायात ब्यवासायी सघ समितिहरुको भेलाले निर्बाचित गरेको हो । भेलामा केन्द्रिय प्रतिनिधीको रुपमा महासङ्घको ५ नम्बर प्रदेश सयोजक डिल बहादुर ढुङ्गानाले सम्वोधन गर्दै सबै यातायात ब्यवसायिहरु एकताबद्ध भै आफ्ना हकहित र समस्या सामाधानका निम्ति सहकार्य गर्नुपर्ने आवस्यकता रहेको बताउनु भयो ।

अधिबेशनले सचिबमा बुटवल यातायातका दिपक श्रेष्ठ, कोषाध्यक्षमा लुम्बिनी टेक्सी का गोबिन्द यादब, र सदस्यमा पश्चिम् नेपालका सुरेन्द्र श्रेष्ठ र लुम्बिनी ट्रकका सन्तराम पाण्डे निर्बाचित भएका छन । अधिबेशनको खुल्ला समयमा बोल्दै केन्द्रिय सदस्य रबिन्द्रमान श्रेष्ठ, पुर्ब केन्द्रिय सदस्य जीवन बन्जाडे, रुमाखर गौतम लागायत ब्यवसायीहरुले बोल्दै आजको आवस्यकता ब्यवासायिक एकता भएकोले सबैले सहकार्य गर्नुपर्ने जनाए ।

नवनिर्बाचित जिल्ला सयोजक रोक्काले ब्यवसायिक हक हितका निम्ति लागिपर्ने प्रतिबद्धता जनाउनु भयो । यसैगरी नवलपरासीमा समेत सन्जय गुप्ताको सयोजकत्वमा ३ सदस्यीय समिती गठन भएको छ । ५ नम्बर प्रदेश सयोजक डिल बहादुर ढुंगानाको अध्यक्षता केन्द्रीय सदस्य बिष्णु काफ्लेको स्वागत र भबिन्द्र गौतमको सन्चालनमा कार्यक्रम चलेको थियो ।

Comments

ताजा खबर