गण्डकी प्रदेशमा पिएको भ्रमणभत्ता दोब्बर मन्त्रीको भन्दा पि

२०७५, २५ पुष बुधबार ०७:२५

कास्की – गण्डकी प्रदेशमा मन्त्रीले भन्दा मन्त्रीका स्वकीय सचिव (पिए)ले दोब्बर भ्रमणभत्ता बुझेका छन् ।चालू आर्थिक वर्षको पाँच महिनामा सामाजिक विकासमन्त्री नरदेवी पुनले सबैभन्दा कम २० हजार भ्रमण भत्ता बुझ्दा भौतिक पूर्वाधारमन्त्री रामशरण बस्नेतका पिए निर्मल गुरुङले ३६ हजार बुझेका छन् । मन्त्री बस्नेतले ९६ हजार लिएका छन् ।

मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पाँच महिनामा २ लाख ९२ हजार भ्रमणभत्ता बुझेका छन् । पोखराबाट गृहजिल्ला लमजुङ र अन्य जिल्लाको भ्रमणभत्ताबापत यो रकम बुझेका हुन् । मामिलामन्त्री किरण गुरुङले ९६ हजार आठ सय, आन्तरिक मामिलामन्त्री हरिबहादुर चुमानले ७४ हजार, उद्योगमन्त्री विकास लम्सालले ५४ हजार र कृषिमन्त्री लेखबहादुर थापाले ४८ हजार भ्रमणभत्ता बुझेका छन् ।मन्त्रीहरूले निजी काममा जिल्ला जाँदासमेत भ्रमणभत्ता लिने गरेका छन् । यो खबर नयाँ पत्रिका राष्ट्रिय दैनिक अखबार बाट साभार गरियकोछ ।  

Comments

ताजा खबर