हसिया प्रहार गरि बीभत्स हत्या गर्ने अभियुक्त सार्बजनिक

२०७५, २३ पुष सोमबार १८:५७

पाल्पा, २३ पौष ।घर बाहिर होहल्ला नगर्न भन्दा नमानेको झोकमा गएराति पाल्पाको रामपुरमा धारिलो हतियार (हसिया) प्रहार गरि छिमेकीको हत्या गर्ने मनोज थापालाई सार्वजनिक गरिएको छ । 

गएराती पौने ८ बजे पाल्पाको रामपुर नगरपालिका ४ सदार्वत स्थित जलदेविथानका ४५ वर्षिय (गठ्ठे) भनिने भल बहादुर कुमालको हसिया  प्रहार गरि विभत्स हत्या भएको थियो । घटनाको बारेमा सोमबार पत्रकार सम्मेलन गरि जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी प्रमुख एसपी विश्वमणी पोखरेलले  जानकारी दिनुभएको हो । 

पाल्पा प्रहरी प्रमुख पोखरेलका अनुसार घटनामा संग्लन मृतकका छिमेकी सोही स्थानका ४० वर्षिय मनोज थापालाई ज्यान मारेको मुद्धामा पाल्पा जिल्ला अदालतबाट म्याद थप गरि कारबाही प्रक्रिया अगाडी बढाइएको र घटना बारे थप अनुशन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Comments

ताजा खबर