भोली रामचन्द्र पौडेल नवरपुर आउने

२०७५, २१ पुष शनिबार १८:५५

गोविन्द लामिछाने , नवलपुर , पौष २१ । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल  भोली नवरपुर आउने हुनुभएको छ । पौडेल नेपाल प्रेस युनियन नवलपुर द्द्वारा स्थापना गरिएको सूर्यभक्त –पतनादेवी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा आउने नेपाल प्रेस युनियन नवलपुरका अध्यक्ष विरेन्द्र पराजुलीले बताउनु भयो ।

गत वर्ष र यस बर्षको पत्रकारिता पुरस्कारबाट पत्रकारहरु पोषण के. सी., वसन्त प्रकाश उपाध्याय, पुरुषोत्तम सुवेदी र गणशेखर शर्मालाई पुरस्कृत गर्ने निर्णय गरिएको प्रेस युनियन नवलपुर शाखाका सचिव तथा प्रवक्ता आशिक रेग्मीले जानकारी दिनुभयो । प्रेस यूनियनले प्रत्येक वर्ष वितरण गर्दै आएको पुरस्कार विविध कारणवस गतबर्ष वितरण भएको थिएन । यस पटक गत वर्ष र अहिलेको गरी दुई वर्षको एकैसाथ वितरण गर्न लागिएको यूनियन नवलपुरले  जनाएको छ ।

Comments

ताजा खबर