स्थानीयलाई स्वरोजगार बनाउन च्याउखेती तालिम

२०७५, १८ पुष बुधबार १५:०५

भविन्द्र गौतम, पाल्पा १८, पौष , स्वरोजगारको माध्याम बाट स्थानीयको आर्थिक उन्नती गराउने उद्देश्यले दुई दिने च्याउ खेती तालिम सम्पन्न भएको छ । पुर्बखोला गाउपालिका वडा नं २ जल्पाले स्थानीय २१ जना कृषक लाई ब्यवसायिक च्याउ खेति तालिम दिएको हो । 

तालिम पछी किसानहरूलाई च्याउको बिउ गाउपालिकाले दिई ब्यवसायीक रूपमा  च्याऊ उत्पादन गराइ बजारको बिस्तार गरि किसानको  आथिॅक उनन्ती, पौष्टीक आहार र स्वरोजगार बन्न सक्ने अपेक्षा गाउपालिका ले लिएको  पुर्बखोला गाउपालिका वडा नं २ का अध्यक्ष  निर बहादुर सारूले बताए । तालिममा बिभिन्न किसीमका च्याऊको प्रकृति, खान हुने र नहुने च्याउको जानकारी, च्याऊ खेती गर्ने पराल काट्ने तरिका, पराल उमाल्ले र प्याकीङ गर्ने प्रबिधी, बीउ राख्ने प्रबिधी को बारमा सहभागी लाई जानकारी गराइएको अध्यक्ष सारु ले बताए । कृषि प्राबिधिक धन बहादुर वलिले दिएको प्रशिक्षण पछि तालिममा सहभागीको तर्फ बाट  भिम बहादुर जर्घा र मिना सारूले तालिम वाट सिकेको सिपलाइ ब्यबहारमा उतारी  ब्यवसायिक रुपमा च्याउ उत्पादन गर्ने प्रतिबद्धता जनाएका छ्न ।  ब्यवासायिक च्याउ खेतीको तालिम पुर्बखोला गाउँपालिकाका सबै वडाहरुमा सन्चालन भएको छ ।

Comments

ताजा खबर