माघिको अवसरमा २ दिन सार्बजनिक बिदा

२०७५, १८ पुष बुधबार ०७:०१

बुटवल । मगर र थारु जातीको बाहुल्यता रहेकोले ५ नम्बर प्रदेश सरकारले माघे संक्रान्तिका अवसरमा दुइ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । ५ नम्बर प्रदेश सरकार मन्त्रीपरिषदको मङगलवार बुटवलमा वसेको बैठकले माघ एक र दुइ गते दुइ दिन विदा प्रदेश भरी सार्बजनिक बिदा दिने निर्णय गरेको हो ।

माघी पर्बको पुर्बसन्ध्यामा पुष ३० गते आन्तरीक मामिला तथा कानुन मन्त्रालयको सम्योजनमा मुख्यमन्त्री शंकर पोखरेलको निवासमा शुभकामना आदान–प्रदान तथा जलपान कार्यक्रम समेत आयोजना गर्ने निर्णय भएको  प्रदेश सरकारका प्रवक्ता तथा भौतिक पुर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले जानकारि दिए । 

मगर समुदायमा प्रचलित खानाका परिकार बटुक र बंगुर तथा थारु समुदायको प्रचलित खाना ढिकरी, माछा र घोगी खुवाइ लोप हुन लागेको सस्कृती को जगेर्ना गराउने प्रयास गर्ने प्रदेश सरकारले जनाएको छ । प्रदेश स्तरीय नेपाल मगर संघ र थारु कल्याणकारी सभाका पदाधिकारी तथा सदस्यहरुको सहभागितामा जलपान कार्यक्रम सन्चालन हुने प्रवक्ता चौधरीले बताए ।

Comments

ताजा खबर