काठमाडौंः नेपालको चर्चित सिंगिङ रियालिटी शो नेपाल आइडलको थिएटर राउण्डको प्रतिस्पर्धा आज र भोली हुँदैछ । आइडलको दोस्रो सिजनको अडिसन राउण्डमा २० हजार जनाले प्रतिस्पर्धी भएपनि १ सय ११ जना थिएटर राउण्डको लागि छनोट भएका छन्।
थिएटर राउण्डको प्रतिस्पर्धा पछि गाला राउण्डको प्रतिस्पर्धा हुनेछ । नेपाल आइडलको दोस्रो सिजनमा बिजेता बन्नेले होन्डाको डब्लुआरभी गाडी सहित २२ लाख रुपैयाँ नगद, एक एल्बम र विश्व टुरको अवसर पाउने छन् ।