नवलपुर ,
नवलपरासी बर्दघाट सुस्ता पूर्व जिल्ला समन्वय समिति नवलपुरका सदस्य मक्कर गुरूङ्गकाे गएराति दुर्घटनामा परि मृत्यु भएकाे छ ।
मध्यविन्दु नगरपालिका १५ डेवरमा राेकि राखेकाे लु २ प नम्बरको टेक्टरमा लु ४५ प १२५ नम्बरको माेटर साईकल ठक्कर खाँदा गम्भीर धाईते भएका मध्यविन्दु नगरपालिका १५ साविक प्रसाैनि ९ बस्ने नवलपरासी बर्दधाट सुस्ता पुर्व जिल्ला समन्वय समिति सदस्य मक्कर गुरुङ उपचारकाे क्रममा निधन भएकाे हाे ।
चितवन को भरतपुर अस्पताल ले ९:३० राती मृत धाेषणा गरेकाे जानकारी प्रहरीले दिएकाे छ।