महानायक हमाल र चर्चित गायीका प्रिती आले सगै जापानमा “म्यूज़िकल च्यारिटी प्रोग्राम “ ।

२०७५, ३ पुष मंगलवार १८:४५

टोक्यो डिसेम्बर १८ । गरिव तथा घरबार बिहिन वेसाहारा वालवालिकाहरुको सहयोगार्थ जापानको गुन्मा केनमा हुन लागेको “म्यूज़िकल च्यारिटी प्रोग्राम २०१९” मा सहभागी हुन नेपाली चलचित्रका महानायक राजेश हमाल जापान आउने भएका छन् । 

नेपाली साझा समाज जापान र सेभ द चिल्ड्रेन सेभ द नेसन को संयुक्त आयोजनामा हुने उक्त कार्यक्रम आउदो जनवरी ५ तारिख शनिवार गुन्मा केन स्थित ओईजुमी माचीमा हुने भएको छ । कार्यक्रममा महानायक हमाल सगै चर्चित गायक हेमन्त शर्मा तथा चर्चित गायीका प्रिती आले पनि आउदैछिन् भने स्थानिय कलाकारहरुको पनि प्रस्तुति रहने समाजका अध्यक्ष बुद्दी शेरचनले जानकारी दिनुभएको छ । गुन्मा केन तथा आसपासमा रहनुहुने जो सुकै पनि कार्यक्रममा सहभागी हुन चाहानुहुन्छ भने निम्न व्यक्तिहरुलाई सम्पर्क गर्न सकिने आयोजक संस्थावाट जानकारी आएको छ :- बुद्दी शेरचन : ९०१५३४१९९७ , मन्जु क्षेत्री : ८०२५७७१४२० ,निरज गुरुगं : ९०९१४९२६१५ , रमेश अधिकारी :९०६७१९५३७५ ।  

Comments

ताजा खबर