बालिकालाइ सेल्फी खिच्ने बाहानामा गोठ भित्र लगी बलात्कार ।

२०७५, १ पुष आईतवार १८:५८

रुकुम । एक पन्ध्र वर्षीया बालिकामाथि बलात्कार भएको छ । सानीभेरी गाउँपालिकाकी एक पन्ध्र वर्षीया बालिकामाथि बलात्कार भएको हो ।सानीभेरी गाउँपालिकाकी पन्ध्र वर्षीया बालिकामाथि सेल्फी किचौं भन्दै गोठ भित्र लगेर बलात्कार गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रुकुमपूर्व भूमे गाउँपालिका–९ चुनवाङका २१ वर्षीय मनोज ओली रहेका छन् ।

पन्ध्र वर्षीया बालिकामाथि मङ्सिर २८ गते गोठमा बाख्रा बाँध्दै गर्दा सेल्फी किचौं भन्दै गोठ भित्र लगेर जबरजस्ती बलात्कार गरेको बताइएको छ । बलात्कार गर्ने ओली बिहेमा सहभागी हुन् सानीभेरी गाउँपालिकामा जन्ती भएर गएका थिए ।

Comments

ताजा खबर