पाल्पा समाज जापानको दोस्रो अधिवेशन हुँदै ।

२०७५, २६ मंसिर बुधबार १७:२३

टोक्यो डिसेम्बर १२ । अध्ययन, बिभीन्न पेशा तथा व्यवसायका लागी जापान आएका पाल्पालीहरुको एकिकृत संस्था पाल्पा समाज जापानको दोस्रो अधिवेशन हुने भएको छ । 

जापानको राजधानी टोकियो स्थित मिनामी ओचुकामा यहि डिसेम्वर ३१ सोमवार अधिवेशन गर्ने समाजका अध्यक्ष निरन्जन गैरेले जानकारी दिएका छन् । समाजले दोस्रो अधिवेशनवाट आगामी कार्यकालका लागी नयाँ नेतृत्व चयन गर्दै जापानका बिभीन्न शहरहरुमा संगठन बिस्तार गर्ने योजना रहेको अध्यक्ष गैरेले वताएका छन् समाजले ५० लाखको अक्षयकोष स्थापना गरि समस्यामा परेकाहरुलाई सहयोग गर्ने अभियानको सारेको छ साथै जापानस्थित नेपाली राजदुतावास सहकार्यमा पाल्पामा कृषि सम्वन्धी अत्याधुनिकरण उपकरण भित्र्याउने लक्ष्य लिएको छ ।

Comments

ताजा खबर