कुनै समय कुल्ली काम गरेका रजनीकान्त कसरी बने सुपरस्टार ? आज परेकोछ जन्मदिन ।

२०७५, २६ मंसिर बुधबार १७:१७

आज चर्चित दक्षिण भारतीय फिल्मका सुपरस्टार रजनीकान्तको जन्मदिन परेको छ ।उनी सन् १९५० डिसेम्बर १२ बैंङ्गलोरमा जन्मिएका हुन् ।खासमा उनलाइ सबैले रजनीकान्त भनेर चिने पनि उनको वास्तबिक नाम शिवाजी राव गायकवाड हो । रजनीकान्तको जन्म एउटा गरिब परिवारमा भएको थियो । उनका पिता रामोजी राव गायकवाड प्रहरीमा हवलदार थिए ।

उनकी आमाको मृत्युपछि रजनीकान्तको परिवारको हालत निकै नाजुक बन्दै गएपछी उनी आफ्नो दैनिक गुजाराका लागि कुल्लीको काम पनि गरे । त्यसपछि उनी बैंङ्गलोर बसमा कन्डक्टरको काम गरेका थिए । कामका साथसाथै अभिनयमा रुचि राख्ने रजनीकान्तले १९७३ मा मद्रास फिल्म संस्थानमा भर्ना भए र उनले अभिनयमा डिप्लोमा गरे ।

रजनीकान्त पछि दक्षिण भारतीय फिल्ममा सबैभन्दा धेरै पारिश्रमिक लिने सुपरस्टार बने । रजनीकान्तको चेन्नईमा ठूलो बंगला छ जुन पाँचतारे होटल भन्दा कम देखिंदैन । रजनीकान्तले बलिउडमा फिल्म ‘मेरी अदालत, भगवान दाता, अन्धा कानून, चालबाज र दक्षिण भारतीय फिल्म ‘शिवाजी, काला, कबाली लगायत कयौं सुपरहिट फिल्ममा काम गरेका छन् । हालै उनी अभिनित फिल्म २।० ले पनि बक्सअफिसमा सफल व्यापार गरिरहेको छ ।

Comments

ताजा खबर