देउता रिसाउने डरले परिवार नियोजन गर्दैनन् पुरुष ।

२०७५, २५ मंसिर मंगलवार ०७:२१

मुगु : कार्मारोङ गाउँपालिकाका अधिकांश पुरुष स्थायी बन्ध्याकरण तथा अस्थायी साधन प्रयोग गर्दैनन् । वडा नम्बर ८ मा त स्थायी बन्ध्याकरण गर्ने पुरुषको संख्या शुन्य नै छ ।

गाँउपालिकामा रहेका ९ वटा वडामध्ये लामा समुदायको बसोबास गर्ने ८ वडाका पुरुष ‘कुल देउता रिसाउने’ भन्दै यस्तो गर्न तयार नभएका हुन् । स्थायी परिवार नियोजन गरे नियमित काम गर्न असजिलो हुने तथा धर्मले पनी स्थायी बन्ध्याकरण गरे पाप लाग्ने भन्दै उनीहरुले बन्ध्याकरण नगरेको बताउँछन् ।

त्यसो त गाँउपालिकाका वडा नम्बर १ देखि ८ सम्मै लगभग सबै लामा जनजाति बस्तीका गाँउमा बस्ने महिला या पुरुष कसैले स्थायी बन्ध्याकरण गरेका छैनन् ।
स्थानीय स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीहरुका अनुसार स्थायी बन्ध्याकरणका लागि महिला पनि आएको तथ्यांक नै छैन ।

Comments

ताजा खबर