काजल र गौतम के गर्न टोक्यो अाउदैछन् ? हेर्नुहोस् तल ।

२०७५, २३ मंसिर आईतवार १९:१३

टोक्यो डिसेम्बर ९ । तमुधी जापानको आयोजनामा हुने ल्होसार सॉझमा गौतम गुरुङ र काजल गुरुङले सांस्कृतिक प्रस्तुती रहेने भएको छ । 

नयॉ वर्ष २०१९ को २ जनवरी २ तारिख गुरुङ समुदायको नयॉ वर्ष ल्होसारमा विविध सांस्कृतिक कार्यक्रम गरी ल्होसार सॉझ २०१९ मनाउने तमुधी जापानका अध्यक्ष अनिता गुरुङले जानकारी दिनुभयो । 

ल्होसार सम्पन्न गर्न उपाध्यक्ष सौगत गुरुङको संयोजकमा विभिन्न उपसमिति गठन गरी ल्होसार मनाउने तयारी गरेको जानकारी तमुधी जापानले जनाएको छ । गुरुङहरुको पहिचान रहेको सांस्कृतिक प्रस्तुतीहरु सहित विविध कार्यक्रम गरी ल्होसार सॉझ २०१९ मनाउने संयोजक सौगत गुरुङले बताउनुभयो । 

ल्होसार साँझलाई सम्पन्न गर्न विभिन्न उपसमितिहरु निर्माणगरी कार्य विभाजन समेत गरिएको छ । जस अनुसार अतिथि सत्कार तथा स्वागत : हिमाली गुरुङ, वसन्ती गुरुङ, ईश्वर गुरुङ , दिनेश गुरुङ, अमर गुरुङ,  श्री गुरुङ, भीम गुरुङ रहनु भएको छ त्यस्तै गुरुङ समुदयको नयॉ वर्ष ल्होसारमा प्रर्दशनी गरिने झाँकीको जिम्मा -पदम प्हच्यु गुरुङ, लिल गुरुङ, आरमान गुरुङ लाई दिईएको छ ।

नेपालबाट आउने गौतम गुरुङ र काजल गुरुङ जापानमा हुने ल्होसार सॉझमा सहभागि हुने र गौतम र काजलसहित जापानमा रहेको स्थानीय कलाकारहरुको विविध सांस्कृतिक प्रस्तुति रहने तमु धि जापानका महासचिव चित्र गुरुङ जानकारी दिनु भयो ।

Comments

ताजा खबर